काठमाडौ । बाके सिडियो कार्यलयमा पीडित सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुले व्यवस्थापन नगरे आत्मदाह गर्ने चेतावनि सहित ध्यानाकर्षण पत्र बुझाएका छन । लामो समयदेखि आन्दोलित सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुले सिडियोलाई ध्यानाकर्षण पत्र वुझाएका हुन् ।
सिडियो कार्यालय अगाडि एकघण्टा धर्नामा वसेका सहभागिहरुले हामिलाई घरबासको तत्काल व्यावस्थित गर, सुकुम्बासी र अव्यवस्थितको सहि लगत सकल गर, शिक्षा स्वास्थ्यको दीर्घकालिन रुपमा व्यवस्था गर, घरबासको तत्काल व्यवस्था गर्, भन्ने नारा समेत लगाएका थिए । दिपेन्द्र घर्ती मगर, कविराज यात्रि, विरबहादुर नेपाली लगायतले आफ्ना भनाइ राख्ने क्रममा तत्काल सहि व्यवस्था नगरे हामी सिडियो कार्यलय अगाडि नै सामुहिक आत्मदह गर्ने चेतवनी दिएका थिए ।
सहि व्यवस्था नगरे अब प्रत्येक दिन सिडियो कार्यलय घेराउ गर्ने छौं , कोहलपुर नगरका स्थानिय सरकार प्रमुखले सुकुम्बासी र अव्यवस्थितहरु यहाँका होईन्न भने पछि झन आक्रोसित बनेका सुकुम्बासी अगुवाहरुले हामी कोहौ ? नेपाली नागरिक हैंनै भने के रोहिंगा, हौ ? कि, भुटानि हौ ? कि तिब्बती सरणार्थी हौ ?
यसको सहि छानविन गर्न आग्रह गर्दै गैरजिम्मेवार ढंङ्गले अभिव्यक्ति नदिन कोहलपुर नगरका प्रमुखलाई चेतावनि समेत दिए ।





























