काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धिले जनताको ढाड सेकिरहेको भन्दै मूल्यवृद्धि फिर्ताको माग गर्दै क्रान्तिकारी युवा संघ नेपालले आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ । युवा संघका केन्द्रीय संयोजक दोर्जी शेर्पाको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो । उक्त अवसरमा युवा संघका केन्द्रीय नेताहरु झनक श्रेष्ठ र गोबिन्द काफ्ले लगायतको समेत सहभागिता रहेको थियो ।
यस्तो छ ज्ञापन पत्रको पूर्णपाठ ः
श्री कार्यकारी निर्देशक ज्यू ,
नेपाल आयल निगम लिमिटेड, केन्द्रीय कार्यालय
बवहरमहल, काठमाडौ
विषय : ज्ञापनपत्रबारे ।
देश अहिले वेरोजगारि र महगीको चपेटामा परेको छ। यस्तो अवस्थामा वाच्न सक्ने अवस्थामा नेपाली नगरिक छैन्न । नागरिकहरुलाई रहातको ब्यवस्था गर्नु पर्ने अवस्था आइरहेको छ, तर सरकार र नेपाल आयल निगम भने महिनामा नै पटक पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धिले जनताको ढाड सेकिरहेको छ । सरकारको स्वमीत्वमा रहेको आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले न्युन ज्याला भएका मजदुर कर्मचारी, किसान र आम जनताहरुको जीवन स्थर मन कष्टकर वन्दै गईरहेको छ । अझ दुखको कुरा त के हो भने खाना पकाउने ग्यासको त पैसा तिरेर पनि सहज रुपमा उपलब्ध हुन सकिरहेको छैन । आयल निगमले पेट्रोलियमा पदार्थको मूल्य वृद्धिले सवै वस्तुको मूल्य बढ्ने हुदामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन र खाना पकाउने ग्यास सहज रुपमा आम श्रमीक, विधार्थी युवा लगायत सम्पूर्ण नागरिकलाई उपलव्ध गराउनका लागि नेपाल आयल निगम र नेपाल सरकरसग क्रान्तिकारी युवा संघ नेपाल जोडदार माग गर्दछ। उक्त मागलाई वेवास्था गरेको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मा स्वयम नेपाल आयल निगम र नेपाल सरकार पक्षले लिनु पर्ने छ ।
दोर्जी शेर्पा सयोजक क्रान्तिकारी युवा संघ नेपाल
बोद्धार्थ
१ उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौं ।































