काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कमरेड दीपकबहादुर केसी ‘मानसिंह’प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य कमरेड मानसिंहको गएराती ८ बजे निधन भएको थियो । पार्टीका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गरी कमरेड मानसिंहको निधनले पार्टीपंक्ति र शोषित–उत्पीडित वर्गलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।
वक्तव्यमा भनिएको छ, “जीवनको अन्तिम घडीसम्म अनवरत रुपमा माक्र्सवाद–लेनिनवाद–माओवादमा विश्वस्त रही नयाँ जनवाद, वैज्ञानिक समाजवाद र साम्यवादको यात्रामा क्रियाशील क. दिपकबहादुर केसीको सपना पूरा गर्न पार्टी दृढ प्रतिबद्धता जाहेर गर्दछ र सम्पूर्ण पार्टी पङ्क्ति तथा परिवारजनहरुप्रति यो शोकलाई शक्तिमा बदल्न विशेष आह्वान गर्दछ ।”
वक्तव्यमा भनिएको छ, “कमरेड दिपक केसी ‘मानसिंहनेपाली सर्वहारा वर्गको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य दिपकबहादुर केसी कमरेड ‘मानसिंह’ को यही २०८३ श्रावण २४ गते साँझ ८ बजे प्यूठान जिल्ला अन्र्तगत प्यूठान नगरपालिका—१० स्थित आफ्नै निवास मरन्ठानामा कृतिशेष भएको खबरले सम्पूर्ण पार्टी पङ्क्ति र शोषित–उत्पीडित वर्गलाई मर्माहत बनाएको छ । हाम्रो पार्टी क। मानसिंप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै पाँच बहिनी छोरी, दुईभाइ छोरा र नाति तथा नातिनीहरु लगायत आफन्तजनहरुप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
वि।स। १९९८ श्रावण १८ गते माता गोवनकुमारी केसी र पिता डोरबहादुर केसीको कान्छो छोरा दिपकबहादुर केसीले २०२३ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेर २०२४ देखि २०३६ सम्म भूमिगत हुनुभएको थियो भने अस्थायी शिक्षक भइ लामो समय शिक्षण पेशामा लागेर मालेमावादको बीउ छर्दै पार्टी सङ्गठन निर्माण गर्नुभएको थियो । पार्टीको जिल्ला समिति सदस्य र जिल्ला सचिव हुँदै केन्द्रीय समिति सदस्यसम्म पनि हुनुभएको थियो । महान् जनयुद्धमा वि।सं। २०५३–२०६३ सम्म कमरेड मानसिंह, उहाँको जीवन सङ्गिनी भवानी बस्नेत सहित पुरा परिवार भूमिगत भई पार्टीका विभिन्न जिम्मेवारीमा रही काम गर्नुभएको थियो । २०६४ मा उहाँ प्यूठान क्षेत्र नं। १ बाट संविधान सभा सदस्य पनि निर्वाचिन हुनुभएको थियो ।
जीवनको अन्तिम घडीसम्म अनवरत रुपमा माक्र्सवाद–लेनिनवाद–माओवादमा विश्वस्त रही नयाँ जनवाद, वैज्ञानिक समाजवाद र साम्यवादको यात्रामा क्रियाशील क। दिपकबहादुर केसीको सपना पूरा गर्न पार्टी दृढ प्रतिबद्धता जाहेर गर्दछ र सम्पूर्ण पार्टी पङ्क्ति तथा परिवारजनहरुप्रति यो शोकलाई शक्तिमा बदल्न विशेष आह्वान गर्दछ ।
२५ श्रावण २०८३
सुदर्शन
प्रवक्ता



























