माछा मार्न गएका बालकको डुबेर मृत्यु

दुनै । डोल्पामा एक बालकको ठूलो भेरी नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नर्क–३ निवासी ९ वर्षीय हिमाल शाही रहेको प्रहरीले जनाएको छ । शाहीको माछा मार्न गएको बेला भेरीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृत शाहीको शव प्रहरी र स्थानीयवासीको सक्रियतामा पाँच घन्टापछि भेटिएको थियो ।

सेवन्त राज भण्डारी अखिल (क्रान्तिकारी)को अध्यक्षमा निर्वाचित

काठमाडौं । विध्यार्थी नेता सेवन्त राज भण्डारी नेकपा (क्रान्तिकारी माओवादी) निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा निर्वाचित भएका छन् । सोमबारबाट सुरु भएको भेला बुधबार साँझ सम्पन्न भएको छ । सम्पन्न भेलाले भण्डारीको अध्यक्षतामा १२५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले पारित गरेको छ । अन्य पदाधिकारीको चयन लगत्तै बस्ने केन्द्रीय समितिको बैठकले गर्ने सहमति गरेको छ […]

नगरपालिका घोषणाका लागि नयाँ मापदण्डको प्रस्ताव

काठमाडौं । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिका घोषणाको मापदण्ड परिमार्जन गर्ने गरी प्रस्ताव ल्याएको छ । मन्त्रालयको नयाँ मापदण्डका आधारमा हिमाली जिल्लाका सदरमुकामलाई नगरपालिका घोषणा गर्नमा थप सहजता हुने अनुमान गरिएको छ । अहिले हिमाली जिल्लामा नगरपालिका हुनका लागि १७ हजार जनसंख्या हुनुपर्ने व्यवस्था छ । त्यस्तै पहाडमा कम्तिमा ३१ हजार र काठमाडौ […]

कुपोषणका कारण डडेलधुरामा एक बालिकाको मृत्यु

डडेल्धुरा । कुपोषण पीडित एक बालिकाको उपचार हुन नसक्दा मृत्यु भएको छ । मृत्यु हुनेमा चौखाम–९ की मुना धामीकी पाँच वर्षीया छोरी बिना रहेकी छन् । पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा सोमबार राति १० बजे मृत्यु भएको हो । जन्मँदै सुकेनासले सताइएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको थियो […]

संविधान संशोधन प्रस्तावमा फेरि संशोधनको तयारी

काठमाडौं: सरकारले संसद्मा विचाराधीन संविधान संशोधन प्रस्ताव केही संशोधन गरी अघि बढाउने तयारी थालेको छ । झन्डै दुई महिनाअघि सरकारले पेस गरेको चारबुँदे संशोधन प्रस्ताव पारित नभई स्थानीय चुनाव सम्भव नहुने ठहर गर्दै सत्ता घटक दलहरूले उक्त प्रस्ताव केही संशोधन गर्ने निष्कर्ष निकालेका हुन् । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार चारबुँदे संशोधन प्रस्तावको सबैभन्दा बढी […]

नेवाः राष्ट्रिय मुक्ति मोर्चा काठमाडांैं अध्यक्षमा नमस्ते सायमि

ललितपुर । नेवाः राष्ट्रिय मुक्ति मोर्चा काठमाडौंको एक भेलाले नमस्ते साय्मीलाई जिल्ला अध्यक्षमा निर्वाचित गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले मोर्चाको काठमाडौं जिल्ला उपाध्यक्षमा बोजराज श्रेष्ठ, रत्नबहाुदर महर्जन, गोकुल कृष्ण श्रेष्ठ (गोकर्णेश्वर)लाई चुनेको छ भने सचिवमा भागवत नरसिं प्रधान र सहसचिवमा बसन्त सुवालाई छानेको छ । उमेश श्रेष्ठ […]

क्रान्तिकारी माओवादी भक्तपुरमा दुई नगर कमिटि गठन

भक्तपुर । नेकपा (क्रान्तिकारी माओवादी) भक्तपुरले संगठन विस्तार तथा जनपरिचालन अभियान अन्तर्गत संगठन विस्तारलाई तीव्रता दिइरहेको छ । पछिल्लो पटक जिल्लाको सूर्यविनायक र मध्यपुर थिमी नगर कमिटि गठन गरेको छ । पार्टीका जिल्ला संयोजक श्रीकृष्ण सुलुले दिएको जानकारी अनुसार शनिबार भएको भेलाले रामकुरमा दोङ संयोजक र राजु लोहला सहसंयोजक रहेको १५ सदस्यीय पार्टीको सूर्यविनायक नगर […]

भारतीय महिलादेखि चाउचाउका मालिकसम्मलाई पत्रकार महासंघको सदस्यता !

काठमाडौं । नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा मनोमानी भएपछि तीन जना केन्द्रीय सदस्यले विज्ञप्ति निकालेर विरोध गरेका छन् । नयाँ सदस्यता तथाकथित ठूला भनिएका संगठनले भागबण्डा गरेको र केन्द्रीय सदस्यहरुलाई नै नयाँ सदस्यको नामावली हेर्न नदिइएको उनीहरुको भनाई छ । महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवर, रोशन पुरी र माधव दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै सदस्यता […]

जिप दुर्घटनामा परी ४ जनाको मृत्यु, १९ जना घाइते

पाल्पा । पाल्पाको दोभान गाविस–४ श्रीडाँडामा सोमबार राति भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । लु १ ज २६८९ नम्बरको जिप दुर्घटनामा परी दोभान–२ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १९ जनाको […]

भारतमा गयो शक्तिशाली भूकम्प, नेपालसम्म धक्का महसुस

काठमाडौं । सोमबारराति भारतमा भूकम्प गएको छ । देहरादुनको उत्तरपूर्व १ सय १४ किलोमिटर टाढा रुद्रप्रयाग नजिकै केन्द्रविन्दु बनाएर ५ दशमलव ८ म्याग्निच्युड भूकम्प गएको हो । दिल्लीसहित उत्तर प्रदेश, हिमाञ्चल तथा हरियाणामा पनि भूकम्पको धक्का महशूस भएको थियो भने मानिसहरु सडकका निस्किएका थिए । सोमबारराति १० बजेर ४९ मिनेटमा भएको भूकम्पका कारण कुनै मानवीय […]