काठमाडौं । जनगणतान्त्रिक संपर्क मञ्चको गठन तथा संगठन विस्तारका क्रममा संखुवासभा र धनुषा जिल्लाको संपर्क मञ्च गठन गरिएको छ ।
सन्तोष महतोको संयाोजकमा ७ सदस्यीय धनुषाको संपर्क मञ्च गठन गरिएको छ भने रविन सुन्दासको संयोजकत्वमा ५ सदस्यीय संखुवासभा सम्पर्कमञ्च गठन भएको छ ।
धनुषा र संखुवासभा दुवै जनगणतान्त्रिक सम्पर्क मञ्चहरु गठन गरिंदा संपर्क मञ्चका संयोजक क. वसन्त र सचिव क. कुमारको उपस्थिति रहेको थियो ।
राजधानी सहर काठमााडौंमा विभिन्न जिल्लाहरुबाट अध्ययन तथा रोजगारीसहित विभिन्न कामका सिलसिलामा आइ बसेकाहरुलाई जनगणतान्त्रिक संपर्क मंचले संगठित गर्दै आएको छ ।






























