‘पट–टट्,पट् पट्,पट, ट ट ट ढ्याङ्ङ ।’ २०५८ साल मंसिर ८ गते घोराहीमा एकाएक चट्याङ बस्र्यो । चट्याङ, घोराहीस्थित नेपाली सेनाको व्यारेक माथि जनमुक्ति सेनाको भिषण हमला थियो । त्यो हमला मंसिर ८ गते राती ११ वजेको समयमा भएको थियोे । घोराही बजार धेरै जसो मस्त निन्द्रामा थियो । बजारमा कतै–कतै मानिसहरू टिभीमा रमाईरहेका थिए । सडकमा गल्लीका कुकुरहयाउ–घ्याउ गर्दै कराउदै थिए । मौसम चिसो–चिसो थियो । सडक वत्तीले बजार उज्यालो थियो । वातावरण सुनसान थियो ।
युद्धबिरामका समय दिप्की सकेको थियो । सरकारले युद्धबिराम उलंघन गरेर दोरम्बामा सामुहिक हत्याकाण्ड घटाई सकेकोले जनमानस युद्ध भड्किने कुरामा सशंकित थियो । दोरम्वा घटनाले फेरि युद्ध चर्किने त होइन ? भन्ने आसंका मानिसहरूमा उव्जिदै थियो र गाईय–गुइय एक आपसमा मानिसहरू कानेखुसी गर्दै थिए । मानिसहरू भन्दै थिए सरकारले आफै वार्ता उलङघन गरेर युद्ध निम्त्याएपछि माओवादीलाई ‘के खोज्छस् काना–आँखो’ भनेजस्तो हुनेनै भयो । अव फेरि युद्ध त चर्किने नै भयो तर कहँवाट शुरु हुन्छ भन्ने अन्दाज कसैले लगाउन सक्ने स्थिति थिएन । दोरम्वा हत्याकाण्डको जवाफ कहाँबाट कसरी दिने ? भन्ने विषयमा पाटीभित्र छलफल जारी थियो । दोरम्वा घटनाले पार्टी र जनमुक्ति सेनाको पंक्तिभित्र आक्रोसको ज्वाला दन्कीरहेको थियो । घटनाले सरकार शान्ती होइन युद्ध नै चाहान्छ र युद्धबाटै माओवादी दवाउन चाहन्छ भन्ने प्रष्ट बुझिन्थ्यो । माओवादी जनयुुद्ध भनेको सर्वहारावर्गले आफ्नो सत्ता जनवादी सत्ता स्थापना गर्नको लागि थालिएको वर्गिय युद्ध थियो । सम्पूर्ण उत्पिडीत वर्गको मुक्तिको साथै सिङ्गो राष्ट्रकै मुक्तिको लागि थालिएको एक ऐतिहासिक परिघटना थियो । यसलाई दवाउन सरकारले जुन तानासाही प्रवृति लाद्ने धृष्टता गरेको थियो, त्यो आफैमा दुस्साहसवादी कदम थियो । त्यसबेला सरकारले माओवादीलाई झुकाएर ठिक गर्छु भनेर शान्ति प्रकृयाको समयमा जुन दोरम्वा घटना घटायो, त्यसपछिको परिणाम के हुन्छ ? भन्ने कुरा थोरै पनि आँकलन गर्न सकेन ।
२०५८ साल मंसिर ८ गते राती १० बजे जुन–टहटह लागिरहेको थियो । आकाश चमकमन्न थियो । त्यसबेला मेरो जिम्मेवारी पश्चिमाञ्चल ब्यूरो कार्यालयमा थियो । ब्यूरो कार्यालयको यौटा पोष्ट हामीले घोराही बजारकै पश्चिम क्षेत्रमा राखेका थियौं । पार्टी हेडक्वाटरले घोराही कब्जा गर्ने योजना बनाएको कुरा कार्वाही हुनुभन्दा २ दिन अघिमात्र मलाई सङ्केत आएको थियो । त्यसैले त्यहाँ भएका महŒवपूर्ण सामानहरू सुरक्षित स्थानमा व्यवस्थित गर्नेतिर लागियो । केही लत्ता कपडा. किताब र अन्य सामाग्री त्यहि नै थियो । ८ गते साँझ पोष्टमै खाना खाने गरी कामरेड विप्लव क. हिरामणी लगायतका केही कामरेडहरू त्यहाँ आउनु भयो । संयोगले त्यसै दिन कामरेड सुभद्रा (मेरो जीवन साथी) पनि त्यहाँ आइपुगेकी थिइन । हामी क. विप्लव क.हिरामणी र म अर्को कोठामा गएर थोरै लछफल ग¥यौ । क. विप्लवले त्यस दिनको फौजी हमलाको याजनाबारे हामीलाई बताउनु भयो, साथै कामरेड हाम्रो आर्क घोराही स्थित मालपोत कार्यालय कब्जा गर्ने र घाईते भई आएका विरामीहरू लाई सम्वन्धीत पोष्टमा सप्लाई गर्ने थियो । त्यसको लागि एउटा सानो सैन्य टुकुडी सहित स्वयंसेवक टीम हाम्रो कामनमा केन्द्रीत भयो । खाना पछि क.विप्लव सेनाको मुख्य फोर्सतिर जानु भयो भने क. सुभद्रालाई कोठामै छोडेर क. हिरामणी र म आफ्नो आर्कतिर सोझियौं । एकछिन सम्बन्धित स्थानमा पुगेर समय पर्खेर बस्यौं । हाम्रा आँखा घडिको सुईमा केन्द्रित थिए । बुडुम–बुडुम–बुडम एट्टीवान बर्षिएको आवाज आयो । घडिको सुइले पौने एघार बजाउदै थियो । एट्टीवानको बर्षाइ संगै पटट–पटट–पटट थ्रिनट राइफल र एस एल आरको फाइरिङ आवाज पनि दुबै तिरबाट आयो । रातको बेला चकमन्न जुन लागेको छ । आकाश स्वच्छ छ । ताराहरू जुनको प्रकाशले होला मधुरो प्रकाशमा चम्चमाई रहेका देखिन्थे । केही बेर अघिसम्म झिलिमिली देखिने घोराही बजार छिनभरमै अध्यारोमा बदलियो । तर जुनको उज्याले भने छदै थियो । बम बारुदको धुवाँले घोराहीको आकाश कुइरीमण्डल भएको थियो । आकाशमा चट्याङ वज्रेजस्तै लाग्थ्यो भने धर्ति भुकम्प आएजस्तै थर्थराई रहेको थियो । एकछिन अघिको शान्त घोराही बजार एकछिन पछिनै युद्ध मैदानमा परिणत भयो । गल्लीका कुकरुहरू बेजोडले भुक्न थाले । चारैतिर बिजुलीका लाइनहरू सटअफ भए । घोराहीको सैन्य व्यारेक र प्रहरी हेडक्वाटर मा कोलाहल मच्चियो । जनमुक्ति सेनाको पहिलो फायर सेनाको व्यारेकमा गरियो भने त्यसपछि प्रहरी क्याम्प र अन्य पोष्टहरूमा निरंतर फाएरिङ भयो । उता सेना र प्रहरी कार्यालय संग्राममा भिडीरहेको थियो । सैन्य व्यारेक, जिल्ला प्रहरी कार्यालय र आसपासमा सुरक्षा पोष्टहरूमा घमासान चल्दै थियो । त्यहाँ रुवावासी र कोलाहल मच्चिराखेको थियो त यता अन्य सहायक र्आक हरूमा कतै आगजनी त कतै धमाधम कब्जा भै माओवादीको नियन्त्रमा आई सकेका थिए ।
क.हिरामणी र मेरो जिम्माको आर्क पनि कण्नामा आईसकेको थियो । फाईरिङ चलिरहेकै बेला जनमुक्ति सेनाका कमाण्डर कमिसारहरूले माइकद्धारा सेना र प्रहरीहरूलाई नलड्न र आत्म समर्पण गर्न भनि रहेको सुनिन्थ्यो तर पनि शाही नेपाली सेनाहरू जनमुक्ति सेना संग दुस्साहस पूर्वक– लडि रहेका थिए । यसै विचमा जनमुक्ति सेनाका योद्धाहरू मृत्यूको कुनै पर्वाह नगरी कतै क्राउलिङ गरेर त कतै ठाडै तिव्र गतिमा कुदेर वंकर पोष्टहरू कब्जागर्न अगाडी बढ्दै थिए । एसाल्ट ग्रुप संगै स्वास्थ्य कर्मिहरू पनि अगाडी थिए । लडाई सुरु भएको आधा घण्टाभित्र जिल्ला प्रहरी कार्यालय कब्जामा आयो । सेनाको ब्यारेकमा भने अलि समय लाग्यो । कारागर, मालपोत बैकहरू लगायतका महत्वपूर्ण निकायहरू नियन्त्रणमा ल्याउन खासै समय लागेन । कारागारमा भएको वम विश्फोटले केही कैदी वन्दीहरू घाइते भएका पाइयो । उनीहरूको सामान्य उपचार जनस्वास्थ कर्मिहरूद्धारा नै गरियो र आ–आफ्नो ठाउंमा पठाउने काम भयो । यता सेनासंगको लर्डाइमा जनमुक्ति सेनाका केही वीर योद्धाहरूले सहादत प्राप्त गर्नुभयो र वहाँहरूको पार्थिव शरिरलाई रातो सलामी सहित क.नमुना को कमाण्डमा ब्यवस्थापनको लागि पठाइयो । कतिपथ गंभिर घाइतेहरूलाई तुरुन्तै बाहिर पठाउने काम भयो भने सामान्य घाइतेहरूलाई आफ्नै स्वास्थ्य पोष्टहरूमा पठाउने कामभयो ।
क.हिरामणी र मेरो पहिलो काम आफ्नो आर्क मालपोत कब्जा गर्नु थियो भने दाश्रो महत्वपूर्ण काम घाइतेहरूलाई यथासिघ्र स्वास्थ्य पोष्टमा पु¥याउनु थियो साथै सहादत योद्धाहरूवाई व्यवस्थित गरी संवन्धित पोष्टमा सप्लाई गर्नु थियो । यसै क्रममा यौटा युगल जोडीको पार्थिब शरिर हाम्रो अगाडी आइपुग्यो । क.विजोेग र क.सपना जो रुकुमका योद्धाहरू हुनुहुन्छ । वहाँहरू दुवैजना यौटै मोर्चामा लड्दा–लडदै दुवैलाई पेटमा गोली लागेर आन्द्रा भुडी समेत बाहिर आई क्षतविच्छत भएको अवस्थामा जनसेनाका कामरेडहरूले लिएर हाम्रो जिम्मा लगाई लडाइमै फर्कनु भयो । हामी अत्यन्त भाव विह्वलका साथ वहाँहरूका बाहिर निस्केका क्षत–विक्षत अंगहरूलाई मृत शरिर भित्र घुसारेर तन्नाले पोकोपारी संबन्धित पोष्टमा पठायौं । जुन युगल जोडी चार महिना अधि मात्र वैवाहिक जीवनमा बाधिइ अत्यन्त छोटो समय मात्र संगै बसि आ–आफ्नो फर्मेसनमा लाग्नु भएको थियो । साच्चै भन्ने हो भने वहांहरूले एकअर्काको भावनामा रमाउन पाउनुभएको थिएन, दिल खोलेर आत्मियता साटासाट गर्न पाउनु भएको थिएन । बिवाह पछिको छोटो बसाई पछि छुट्टिने बेला “युद्धमा बाँचे अर्को चोटी रमाउँला है”भनेर दरिला हातहरू मिलाएर विदा हुनुभएको थियो । रक्तापातपूर्ण का्रन्ति कति पेचिलो र निर्मम हुन्छ, यो कसैले आँकलन गर्न सक्ने कुरा होइन । क्रान्तिकारी योद्धाहरू आफूलाई बिचारले स्पात बनाउदै मृत्युलाई जितेर कान्तिमा हाम फालेका हुन्छन् । उनीहरूको निम्ति आफ्नो भौतिक शरिरको भन्दा हजार गुणा बढी लक्षित उद्देश्य पुरागर्नु थियो । त्यो भनेको सर्वहारावर्गको मुतिm र राष्ट्रको मुतिm हो अर्यात छोटो शव्दमा सर्वहारावर्गको राज्यसत्ता प्राप्त गर्नु हो ।
दशवर्षको जनयुद्ध कालमा क्रान्तिकारी योद्धाहरूमा यो मिसनले महŒवपूर्ण भूमिका खेल्यो । यद्यपि नेतृŒवको गद्दारीले त्यो मिसन पुराहुन सकेन । फलस्वरूप हजारौ नेता कार्यकर्ताहरूको त्याग र बलिदानले सार्थकता पाएन घोराही जि.प्र.का नियन्त्रमा आएको केही समय पछि जब सेनाको व्यारेक पनि पूर्ण नियन्त्रमा आयो तव ने.क.पा माओवादी जिन्दावाद ! महान जनमुतिm सेना जिन्दवाद ! लगायत दर्जनौ नाराहरूले चारैतिरको वातावरण खुसिले प्रफूल्ल बन्यो । केहीवेर अघिसम्म बम बारुदले ढाकेको घोराहीमाथिको आकाश चकमन्न देखियो । लाग्थ्यो आकाशका ताराहरू त्यतिवेला खुसिले चम्किइई रहेका छन् । बिहानीपखको करिव ४ वजेतिर बजार सुनसान जस्तो भयो । जनमुतिm सेनाको टिम कब्जा गरिएका हातहतियार लगायत थुप्रै सामाग्री लिएर होलेरीतर्फ लागेपछि र बाँकी स्वयंसेवक र संपूर्ण सहभागी योद्धाहरू आफ्नो गन्तव्य तर्फ लागेपछि त्यहाँको वातवरण सुनसान भयो । कामरेड हिरामणी आफ्नो गन्तव्य तर्फ लाग्नु भयो । क.विप्लव र हामी पनि आ–आफ्नो सेल्टरतर्फ लाग्यौं । विहान ८÷९ बजेतिर क.विप्लव हामी बसेको कोठामा आउनुभयो र एकचोटी साथीको मोटरवाइकमा हामीले युद्ध मैदानको सरर्र अवलोकन ग¥यौ । बिहान व्यारेकको दृश्यदेख्दा कहाली लाग्दो थियो । व्यारेकमा सेनाका लासहरू यत्रतत्र छरिएका थिए । त्यहाँ न. काही सेन्टी थियो न कुनै कमान कन्ट्रोल । व्यारेक आगोले ध्वस्त थियो । बांकी रहेका सेनाका मान्छेहरूले निन्याउरो अनुहार लगाएर आकाशतर्फ हेरी रहेका थिए । व्यारेक हेर्दा आर्यघाटमा मूर्दाहरूको थुप्रोलागेझै देखिन्थ्यो । जिप्र.का मा कतै मृत लासहर नदेखिता पनि स्थिति सुनसान थियो । बजारमा ९÷१० बजे सम्म मानिसको कुनै चहलपहल थिएन । अलि पछि भने घटनाको प्रकृति हेर्न बजार बाहिरको मानिसहरूको ताँती लाग्दै थियो । केही मान्छेहरू जिब्रो टो्रक्दै थर्थरी काम्दै दृश्यावलोकन गर्दै थिए भने केही मान्छेहरू खुसिले रमाएझै देखिन्थे हामी कसैसंग कुनै छलफल कुराकानी नगरी स्थिति बुझेर मात्र फर्कियौ ।
घटनाको तेश्रो दिन अर्थात मंसिर १० गते देखि घटनास्थलतर्फ राज्यले आफ्नो गतिविधि बढाउन सुरु ग¥यो । जनमुक्ति सेना मार्च भएतिर व्यापक हर्वाइ गस्ती बढायो भने घटनास्थल वरपरका गाँउ बस्ती र घोराही बजारमा समेत व्यापक खान तलासी र सर्चअभियान सुरु ग¥यो। यसै क्रममा ब्यूरो कार्यालय बसेको घर पत्ता लगाई घरबेटीलाई चरम यातना समेत दियो । यद्यपी हाम्रो टिम एकदिन अघिनै त्यहाँबाट सिफ्ट भैसकेको थियो । घटनाको चौथोदिन मंसिर ११ गते देखि प्रतिकृयावादी सरकांरले लाचार भएर संकटकाल घोषणाको आत्मरती लियो । तर पनि पार्टीले आफ्नो फौजी हमला एक पछि अर्को गर्दै निरंतर अघि बढाउदै लग्यो र थुप्रै बिजयहरू हासील गर्दै गयो । घोराहीको सफल कार्वाहीले जनमुक्ति सेनाको मनोवल उच्च मात्र भएन आधुनिक हात हतियारले सुसज्जि भएर ढुक्कका साथ लड्ने ठुलो हौसला प्रदान ग¥यो । जनमुक्ति सेनासँगको सिमित साधन श्रोत भएर पनि सर्वचिज सम्पन्न त्यति ठूलो राज्यसंयन्त्र माथी धावा बोल्नु र अनपेक्षित ढंगले छोटो समय र कम भन्दा कम क्षतिमा लडाई जित्नु कम आश्चर्यको कुरा हेइन ।
जनमुक्ति सेनाको उच्च मनोवल रणकौसल पार्टी र कान्तिप्रतिको त्याग र बलिदानीभावका अगाडी शाही नेपाली सेना र प्रहरीहरूको कुनै उपाय चलेन । जतिसुकै साधन श्रोत सम्पन र हतियारले सुसज्जित भएता पनि त्याग र बलिदानी भाव विना कसैले पनि युद्ध जित्न सक्दो रहेनछ भन्ने कुराको यो सवुत प्रमाण हो । असली अर्थमा क्रान्तिकारी योद्धाको पूंजी भनेको सहि बिचार उच्चमनोवल पार्टी र क्रन्तिप्रतिको त्याग बलिदानी भाव हो । यो पूजी हरेक नेता कार्यकर्तामा मुनु अनिवार्य हुन्छ । यो यौटा घटनामा मात्र प्रदर्शन भएर पुग्दैनयो निरंतर क्रान्तिको सिद्धान्त अनुसार आफ्नो लक्षमा नपुगुञ्जेल संम सयौ होइन हजारौं घटनामा अभिव्यक्त हुनुपर्छ । विशेष गरी नेतृत्व पंतीमा देखिएके यति पूजीको अभावलेनै विश्वका कम्यूनिष्ट आन्दोलहरू दुर्घटनाको सिकार भएका छन् र परिवार कम्यूनिष्ट आन्दोलनले संड व्याक खानु परेको छ । वयो एउटा तितो यथार्थ हो । तर क्रन्ति अवश्यमभावी छ र बस्तुगत तथा आत्मगत प्रकृया पुरागर्नासाथ यसले आफ्नो महान उद्देश्य पुरा गरेरै छाड्ने निश्चित छ ।
२०८१/१०/१९





























