काठमाडौं । सिन्धुलीमा यात्रुबाहक जीप दुर्घटना हुँदा ३ जना महिला र एक पुरुष गरी ४ जनाको मृत्यु भएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डी भञ्ज्याङमा बा १५ च ९४२२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जीपमा सवारमध्ये ४ जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले बताएका छन् ।

हार्दिक शुभकामना !

जीपमा यात्रारत ८ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारको लागि धुलिखेल अस्पताल लगिएको डिएसपी थापाले बताए । सिन्धुलीमाडीतिर गइरहेको जीप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप के कारणले दुर्घटनामा परेको हो भन्ने बुझ्न प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर