काठमाडौं । लागू औषध कारोबार गर्नेहरुले प्रहरीबाट जोगिन विभिन्न तौरतरिका अपनाउने गरेको घटना त हामीले सुन्दै आएका छौं । तर एक व्यक्तिले अलिक नयाँ तरिका अपनाएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको एक टोलीले मंगलबार बितु भनिने धरानका जिनिस गुरुङलाई उनकै कोठाबाट पक्राउ ग¥यो । उनी लामो सयमदेखि लागू औषध बेचविखनमा संलग्न रहेछन् । उनले लागू औषध बेचविखन गर्दा अपनाउने शैली पनि अरु भन्दा केही फरक पाइयो ।

हार्दिक शुभकामना !

उनी लागू औषध कारोबार गर्ने समयमा वरपर प्रहरीको उपस्थिति भए नभएको बुझ्न ड्रोनको प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार, ‘उनले प्रहरी आए नआएको जानकारी लिन ड्रोन उडाउने गरेको देखियो ।’

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गुरुङ आफैमा लागू औषध दुव्र्यसनी हुन् । उनले लामो समयदेखि आफू बसेको कोठाबाटै आगू औषधको कारोबार गर्दै आएका रहेछन् । तर उनले आफ्नो घरबेटीलाई भने आफू डिजिटल भिडियो एडिटर भएको बताउने गरेका रहेछन् । यसअघि विभिन्न ठाउँबाट पक्राउ परेका लागू औषध कारोबारीहरुले गुरुङको नाम लिएपछि प्रहरीले गुरुङलाई खोज्न थालेको थियो । प्रारम्भिक अनुसन्धानकै क्रममा उनी लागू औषधको वितरण गर्ने डिलर समेत भएको खुलेको छ भने गुरुङ मुख्य डिलर नै हो या होइन भन्ने कुरा अनुसन्धानकै क्रममा छ । ।

गुरुङको कोठाबाट १ थान ड्रोन, ३ ग्राम खैरो हेरोइन, एक थान लागू औषध जोख्ने डिजिटल मेसिन, २४ ओटा विभिन्न ब्राण्डका मोबाइल, ल्यापटप, क्यामेरा, विभिन्न खाले लागू औषध ट्याव्लेट र एक लाख नगद रुपैयाँ बरामद गरेको छ । त्यस्तै गुरुङको कोठामा ड्रोनबाट खिचिएको भिडियो समेत फेला पारेको छ ।

पक्राउ परेका गुरुङले बिरामी भएको जनाएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाजगञ्जमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर