क्रान्तिकारी महिला संगठनद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

क्रान्तिकारी महिला संगठनद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

काठमाडौं । क्रान्तिकारी महिला संगठन नेपालले संगठनकी केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला अध्यक्ष हिरा खपांगी मगरको बुबाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा हार्दिक समवेदना व्यक्त गरेको छ । संगठनकी केन्द्रीय संयोजक शारदा महतले जारी गरेको श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “हाम्रो गौरवशाली संगठन क्रान्तिकारी महिला संगठन नेपालको केन्द्रीय सदस्य तथा उदयपुर जिल्लाको संयोजक हिरा खपांगी मगरको पिता सुक्र बहादुर खपाँगी मगरको यहि मिति २०८३ श्रावण ११ गते उपचारका क्रममा ६९ बर्षको उमेरमा असमायिक निधन भएको छ । उहाँ लामो
समय देखि उच्च रक्तचाप, पार्किन्सन लगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको जन्म वि.स. २०१४ सालमा भएको थियो । उहाँ उदयपुर जिल्ला चौदण्डी गढी न.पा.वडा ८ धारापानी निवासी हुनु हुन्थ्यो । उहाँका ३ छोरा, २ छोरी हुनुहुन्छ । उहाँको निधनले वामपन्थी र आदिवासी जनजाति आन्दोलनलाई ठुलो क्षति पुगेको छ । हाम्रो संगठन पिता सुक्र बहादुर खपाँगी मगरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै यस दुःखद् घडिमा हिरा खपाँगी मगर लगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।