सत्ताखोर
तिनीहरु
सत्ताखोर हुन्
हरामखोर हुन्
जसलाई
नशेबाज भन्न सकिन्छ
अर्को वाक्यांशमा
नशाखोर अहङ्कारी
दम्भी अविवेकी हुन्छन् ।
कहाँ के को
कसरी किन
कस्तो कुन
प्रश्नको जबाफ
तिनीहरूबाट आउँदैन
उज्यालो अँध्यारो
दिन रात
भूत भविष्य
केही थाहा हुँदैन
नशाखोरहरुलाई
सत्ताखोर
र
नशाखोर
उस्तै उस्तै
स्वभाव र चरित्रका
देखिन्छन् भेटिन्छन् ।
खरानी
खरानी
खरानीसँगै हाँस्छ ।
उसलाई
अर्थहीन उडाइमा
आनन्द छ
यहाँको होस्
उताको होस्
उसलाई
कुनै मतलब छैन
रहोस्
दुनियाँ
नरहोस् दुनियाँ
उसलाई
केही फरक पर्नेवाला छैन ।
बेहोसीमै
मातमै
खरानी
उडिरहेछ
देश जलिरहेछ
यता शासक
मुर्दा झैं
मौन पल्टिरहेछ
शवबाकसमा
शव निदाइरहेछ
मदहोस बेहोस
संज्ञानहीन
कस्तो हो
किन
कसैले बुझाइ देओस्
अचेत पल्टिरहेछ
यी मृत सुँगुुरहरु
कसको खान्कीका निम्ति
दिनदिनै
कसले मारिरहेछ
कसका लागि मरिरहेछ ।
































