बर्तमान नेपालको अबस्था कहि नभएको जात्रा हाँडी गाउँमा भन्न्ो उखान जस्तो जता ततै (इदम भ्रष्ट उदम भ्रष्ट) खुदो र लटे मिसाए जस्तो लटरम्म गन्जागोल को स्थितिबाट देशले अशुभ यात्राको बाटो तताइ रहेको भान हुन्छ । २०५२ फागुण १ गते देखि १० बर्षे जनयुद्ध १९ दिने महान जनआन्दोलन र २०८२ सालको भाद्र २३,२४के को लागि भएका थिए ? यसको जबाफ कसले दिने ?स्वयं युद्ध एबं जेनजेड आन्दोलनका नेतृत्व लाइ नै थाहा भएन । अहिले उनीहरु स्वयं नाजबाफ छन । उस्तै परे कुन बाहनामा जेलको यात्रा हुने हो ? भित्र भित्रै के के जाल बुनीदै छ कुन जाल रचिदैछ ? बिगतका पुराना नेता भनाउँदा हरु सबै त्रासमा छन भने एता जनता सगं प्रश्न्ौ प्रश्नको चाङ लागेको छ । अहिले का यी घटना परि घटना हेर्दा राष्ट्रवादी राष्ट्र प्रेमी आम नागरिकलाइ देश र जनताको अबस्था के हुने ? भन्ने बारेमा चाँसो अत्याधिक बढदो छ ।चाँसो लाग्नु प्रश्नहरु उठनु स्वभाबिक पक्ष हो ।किन भने बिगत ३०,३५ बर्ष एता देश अर्कमण्डयतामा फस्दै फस्दै जाल महाजाल बाट बाहिर निस्कन नसकेको पनि वास्तविक तितो सत्य यथार्थ परक हो ।अहिले सरकारले केहि सकारात्मक हो कि ? भन्ने जस्ता तर बुझदै जादाँ भ्रामक खाले क्रियाकलाप गरि रहेको देखिन्छ ।एउटा गजब लाग्दो काम सरकारको झणडै दुइ तिहाइको बहुमत बाट निर्मित सरकारका सभापति रबि लामिछाने माथि लगाइएका सहकारी ठगि प्रकरण देखि बिभिन्न किसिमका मुद्धा कै अभियोगमा एमाले सरकारको पालामा जेल चलान गरियो । जिबी छबि नामका मान्छेहरु कहिकतै लुकि छिपि शुरक्षित स्थानमा बसे । रबि माथि सहकारी ठगि मुद्धा दर्जनौ जिल्लामा लगाएर एक ठाउँ धरौटी टाँगेर बाहिर आयो फेरी अर्को ठाउँमा तयारी हुँदा हँुदै उम्कनै नसक्ने गरि फसाइएको थियो या कसुरदार भएरै सजाए भोगाइएको थियो । सर्ब साधारण जनताले बुझनै नसक्ने गरिका नाटक भए । थोरै बुझन खोज्दा उनले अदालतले तोकेका धरौटीको रकम जसतसले त बुझाउँन सक्ने थिएन तर उनले बुझाइ रहे ।बुझाउँन पनि ढिलो नगरि बुझाइन्थ्यो ।यसरी फटापट बुझाउँने तयारीको रकम कँहा बाट आउँथ्यो ? उनी जेलमा एउटी महिलामा यति ठूलो सार्मथ्य कसरी आयो ?बुझाउथे तर बाहिर निस्कन दिदैन्थे ।अर्को कुरा २०८२ भाद्र २३ ,२४ जन्म्यो या जन्माइयो ? यो रहस्य मय घटना र दरबार काणड मदन भणडारी काण्ड र्निमला काण्ड करिब उस्तै उस्तै भूमिगत शैलिका हेर्दा साधारण जस्तो खोतल्दै जादाँ पोखरामा बग्ने सेती नदीको डेबिड फल्सको छागाँ जस्तो प्रश्नको ओइरो लाइ रहने उत्तर न भेटिने तर नेपालको पुलिस ले कस्ता कस्ता घटना पत्ता लगाउँन सक्छ यीनी किन सकेन ? अर्को ताजुक लाग्दो घटना जेनजी आन्दोलनको समयमा रबि लाइ जेलबाट बाहिर ल्याइयो र सरकार बने पछि पूनह जेल पनि शसुराली गए जस्तो पारामा फर्काइयो ।फेरि चुनाव ताक त्यस्तै नाटक भए ।चुनाव भयो ।रबिको पार्टी झणडै दुइतिहाइको बहुमत ल्याएर सरकार बनायो ।त्यसपछि उहि अदालत उहि कानुन उनै न्यायाधिस सम्पूर्ण मुद्धा सबै जिल्लाका खारेज जिबी रबि छबि (३बि)कै मुद्धा झवाम यसले के सकेंत गर्छ भने देशको यात्रा शुभ छैन ।यी सबै रहस्यमय भूमिगत घटनाले देशलाइ कतै डोराउँदै छ ?
जब सरकार बन्यो सरकारका मन्त्रीले सफथ खाएको मसि सुक्न नपाउदै धरपकड शुरु भयो । त्यो पनि कुनै दिन कुनै समयमा देश लाइ भिमसेन थापाले जस्तै चुडकी को भरमा एउटा औलाले घुमाए जसरी देशमा बलियो सत्ताको बलियो शासक पूर्ब प्र म के पि बाटै उदघाटन भयो । यसमा पनि कम दम थिएन ।त्यसपछि त ठूला ठूला माछा हरु त अक्सिजन बिनाका कोहि लाइ बिषेष खाले निमोनीया कोहि बिदेश बाट उतै उतै कता हो कता ? बिगतका सरकारी ठूला माछा हरुको निद हराम त भयो नै कति बेला कसलाइ कुन बाहनामा कँहा बाट गिरफतारी हुने हो ?कुनै पत्तो छैन ।सरकारको यो क्रियाकलाप हेर्दा वास्तबिक दोषि माथिको धरपकड हो ?यात कुनै दिनको इटाको जवाफ पत्थर हो ? यसको उत्तर धेरै ढिलो जादैन ।किन भने सरकार ले अहिले गरिएका काम कार्बाहिले देखाएका गतिबिधि हरु केहि संकास्पद छन ।
१) बिगतमा भएको १० बर्षे जनयुद्ध १९ दिने जनआन्दोलनको भटटीबाट प्राप्त मजदुर कर्मचारीका हक हित अन्याय बिरुद्ध एक जुट हुन पाउँने संघ संगठन खोल्न पाउँने मौलीक हक संबिधानले दिएको ट्रेड युनियन खारेज गरेर कुन्ठित बनाइयो ।यसमा बिद्यार्थी शिक्षक कर्मचारी मजदुरहरुका हकहितको लागि निर्मित संस्था एउटै निर्णयले प्रबिबन्धको बार लगाइयो । अब यस्को वास्तबिक अर्थ गणतन्त्र कागजमा सिमित रहने हो कि ? अर्कौ दुखद पक्ष के नेपालमा संघिय लोकतान्त्रीक गणतन्त्र खेलबाडमा आएको हो कसैले चाहदैमा सघिय सरकार खारेज हुन्छ ?
२) अहिले नेपालमा चलिरहेको अलि चर्चाको बिषय भनेको डोजर आतंक बनेको छ यसबाट पनि वास्तबिक सुकुम्बासीहरु हुकुमबासीसगै ं एउटै जाँतोमा पिसिएका छन । डोजरले सबै भत्कायो । गैर सुकुम्बासी लाइ त कुनै फरक नपर्ला तर यता मनसुनले च्याँप्दै छ उता डोजर दैलामा आइ सक्यो अब के गर्ने ? सरकारले दिएको एउटा सानो कोठाले सबै परिवारको गुजेरा चल्ला ? एउटा परिवार भित्र कति थरिको मिश्रण हुन्छ ? अनि त्यो परिवारका मान्छे पालैपालो खाने पालो गरेर सुत्ने हुन्छ कि के हुन्छ ? त्यसमा बिभिन्न स्थानबाट उठिबास लगाएर होल्डिङ सेन्टरमा राखियो । समय सिमा तोकियो तोकेको समय भित्र ब्यबस्थापन गर्ने भनियो अहिले ब्यबस्थापन पक्ष त हरायो । फेरी सेन्टर खाली गर अब के गर्ने ? यो बिजोग कथा हो कि कहानी ? के गरिब हुनेहरु मानब होइनन ? उनी राज्यका नागरिक होइनन ? उनीहरुको जिम्मा राज्यले लिनु पर्दैन ? के गरिब शासकका खेलौना हुन जे पनि जस्तो पनि गर्ने र सहनु पर्ने ? यी र यस्ता घटना परिघटना राज्यले स्वयं जनतामा जन्मायो । त्यसै कारण छिटो छिटो जनता सडकमा आउछन बिद्रोह हुन्छ तर बिडम्बना बिद्रोहको ब्यबस्थापन नेपाली ठेकेदारहरुले गर्न सकेनन गरिबको नाममा भजाइ खाने भाँडो बनाए ? सधै चुनाबका भोट बैकिङ बनाए ।अब फेरि तुरुन्तै अर्को बिद्रोहले घच्घचाइ सक्यो जनता आजीत छ । के सहने ? कति सहने ? सहेर पनि के गर्ने ? यस्तो अन्यौल अर्कमणडयतामा देश र नेपाली जनता फस्यो ।
३) अर्को दुखद पक्ष बिगतका सरकारले गद्धारी गरे । मुक्त कमैया मुक्त कम्लर भनेर ढवाङ फुकाइयो तर काला रहबाट निकालेर झन निला रहमा हालियो । समस्या झनै बिक्राल बन्यो । आ–आफना भोट बैकं बनाए र लगेर बिभिन्न संघ सस्थाका जग्गामा राखे । आज तिनी नत सुकुमबासी हन ? नत तिनीहरु सँंग सबै का मुक्त कम्लरका प्रमाण छन । अब तिनीहरुको अबस्था के हुने ? बिभिन्न संस्थाका जग्गामा बसेकाहरुको त्यँहाबाट उठिबास त लगाइयो तर कहाँ जाने ? के खाने? के गर्ने ? जवाफ छ ? कसैसंग यहि गर्ने भन्ने बिकल्प छ ? कतै कतै त संस्थाका जग्गा लाल पुर्जा पार्टीले दिएको भनेर पुराना सत्ताधारिका हर्कतवादी कुरा सुनाउँछन । जनतालाइ के थाहा ? रसिद कटाएका छन । यो जग्गाको कर हो भनेर छलकपटका भ्रममा पारेका छन । यस्तो पनि गर्न मिल्छ ? यो दोष जनताको हो कि ती गद्धारहरुको ? अहिले जसले जनतालाइ यस्तो बनाए तिनीहरुलाई ब्यबस्था गर कसरी गर्न खोजेका थियौ ? भन्ने की जनताका घरमा डोजर लगाएर चिल्ली बिल्ली गराउने ?
४) अहिले भ्रष्टचारीका फाइलहरु खोल्ने त्रास देखाइएको छ । कतै खोलिएको पनि छ । यो बिषयमा न्यायिकहरु अन्यायमा नपरुन अन्यायीहरु काबार्हिबाट छुटकारा नपाउन । देउवाका जोडी जस्तै ब्रह्लुटका पैसाले बिदेशमा ऐश आरामको जीन्दगी नबिताउन । यदि उनीहरु पनि कसुरदार छैनन भने अनाहकमा अन्यायमा नपरुन । सत्य तत्थ्यका फाइलहरु खोलिनु पर्छ तर न्याय अन्याय सबैमा बराबर हुनु पर्छ बोल्नेकोे पिठो बिक्ने नबोल्नेको चामल पनि नबिक्ने नहोस । धन्यवाद ।





























