जनमत संग्रहको नजिताले विश्वबजारमा तरंग

काठमाडाैं । बेलायतले यूरोपीयन युनियन (ईयू)सँग छाड्ने जनमत संग्रहको फैसलाले विश्व बजारमा तरंग मच्चाएको छ । ईयू छाड्ने कि सँगै रहने भनी बेलायतमा विहीबार भएको जनमत संग्रहले विश्वकै शेयर बजारमा हलचल मच्चाएको हो । बेलायतको जनमत संग्रहको निर्वाचनको परिणाम नआउँदै विश्वकै शेयर बजारमा गिरावट आएको थियो । बेलायती मुद्रा पाउण्डमा पनि भारी मात्रामा गिरावट देखिएको छ […]

अनलाईन निर्देशिकाप्रति क्रान्तिकारी पत्रकार महासंघको आपत्ति

काठमाडौं । क्रान्तिकारी पत्रकारहरुको छाता संगठन क्रान्तिकारी पत्रकार महासंघले सरकारले हालै ल्याएको अनलाईन सञ्चालन निर्देशिकाप्रति आपत्ति जनाएको छ । महासंघका संयोजक कुमार शाहले बिहीबार एक विज्ञप्ती जारी गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मौलिक अधिकारको धज्जी उडाउने गरी ल्याइएको अनलाईन सञ्चालन निर्देशिका तत्काल फिर्ता लिन माग गरेका हुन् । अनलाईन अहिले छापा, रेडियो र टेलिभिजनलगायत […]

द्वन्द्वग्रस्त चार मुलुकमा नेपालीलाई प्रतिबन्ध

काठमाडौं । सरकारले चार द्वन्द्वग्रस्त चार मुलुकमा नेपाली कामदार पठाउन प्रतिबन्ध लगाएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अफगानिस्तान, लिबिया, सिरिया र इराक जान प्रतिबन्ध लगाउने निर्णय गरेको हो । गत सोमबार अफगानिस्तानको राजधानी काबुलमा १३ नेपालीको ज्यान जाने गरी तालिवान विद्रोहीको आक्रमणपछि नेपाल सरकारले द्वन्द्वग्रस्त मुलुकमा नेपाली कामदार पठाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो […]

प्रचण्ड र राजेन्द्र महतोका नेताहरु नयाँ शक्तिमा

काठमाडौं । प्रचण्ड र राजेन्द्र महतोका नेता बाबुरामको नयाँ शक्तिमा प्रवेश गरेका छन् । पूर्व एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादीलाई एक गर्ने भन्दै नेकपा माओवादी केन्द्र बनाए पनि आफ्नै पार्टीका नेता कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्न थालेका छन् । सबै कार्यकर्तालाई खुशी पार्न भन्दै केन्द्रीय सदस्य थप गरी एक हजार ४ सय ९९ […]

नेपाली काँग्रेसद्वारा व्यवस्थापिका संसदको बैठक अवरुद्ध

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेको छ । भूकम्पपछि पुनर्निर्माणको काम प्रभावकारी नभएको भन्दै नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । काँग्रेसको अवरोधपछि संसद बैठक भोलि विहान ११ बजे सम्मका लागि स्थगित भएको छ । संसदको बिहीबार बसेको बैठकमा कांग्रेस नेता प्रकाशशरण महतले बोल्दै भूकम्प पीडितको राहत वितरण […]

काबुल आक्रमणका घाइते च्याङबाको निधन

काठमाडौं । काबुलमा तालिवान विद्रोहीको आक्रमणमा परि घाइते एक नेपालीको मृत्यु भएको छ । सोमवार काबुलमा तालीवानीले गरेको आक्रमणमा १२ नेपाली र दुई भारतीयको मृत्यु भएको थियो भने ७ नेपाली घाइते भएका थिए । गम्भीर घाइते च्याङबा तामाङको बुधबार निधन भएको हो ।  १२ नेपालीको शव बुधबार नेपाल वायुसेवा निगमको विमानबाट नेपाल ल्याइएपछि च्याङवाको निधन भएको […]

मृतक नेपालीलाई श्रद्धाञ्जली दिँदै ओलीले भने– “कुनै युद्ध होइन, कुनै वैरभाव छैन”

आफगानमा रहेका २४ नेपाली स्वेच्छाले स्वदेश फर्किए काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तालिवानी विद्रोहीसँग नेपालीको कुनै वैरभाव र युद्ध नभएको बताएका छन् । अफगाननिस्तानको काबुलमा मारिएका १२ नेपालीलाई श्रद्धाञ्जली दिन त्रिभुवन विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले तालिवानीसँग कुनै युद्ध र वैरभाव नभए पनि १२ नेपाली अनाकहमा मारिएको गुनासो गरे । “कुनै युद्ध होइन, कुनै वैरभाव […]

अनलाईन निर्देशिका खारेजी गर्नुपर्छ : पूर्वमन्त्री रिजाल

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले संचार मन्त्रीले ल्याएको अनलाईन निर्देशिका खारेज गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन डिजिटल मिडिया विभागद्धारा काठमाडौंमा बुधबार आयोजित अन्तक्र्रिया कार्यक्रममा रिजालले निर्देशिका खारेजी नै पहिलो विकल्प रहेको औल्याएका हुन् । हुँदै नभएको अधिकार छ भनेर निर्देशिका बनाउन कसैले पनि नपाउने नेता रिजालको भनाई थियो । […]

क्रान्तिकारी माओवादीले तत्कालै फौजी संगठन निर्माण गर्ने

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीको राष्ट्यि भेलाको बन्दसत्र मंगलबारदेखि शुरु भएको छ । पुनारो बानेश्वरस्थित ओमसाई पार्टी प्यालेसमा शुरु भएको बन्दसत्रमा ७ सय प्रतिनिधिहरुको उपस्थिति रहेको नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता सीपी गजुरेलले बताए । विहानदेखि ९ बजेदेखि नै बन्दसत्र शुरु गरिने भनिए पनि बन्दसत्रका एजेण्डा तथा पार्टी संगठन कस्तो बनाउने भन्नेबारेमा निर्णय गर्न केन्द्रीय समिति बैठक […]

काबुलमा मारिएकामध्ये दुई जना भारतीय नागरिक रहेको खुलासा

काठमाडौं । सोमबार बिहान अफगानिस्तानको राजधानी काबुलमा तालिवानी आतंकवादीले गराएको आत्मघाती आक्रमणमा मारिनेमा दुई जना भारतीय नागरिक पनि रहेको खुलेको छ । आक्रमणमा परी १२ नेपाली र दुई भारतीय नागरिकको मृत्यु भएको हो । सोमबारराति अपगानिस्तानस्थित क्यानेडियन राजदूत डेबोरा ए लियोन्सले एक विज्ञप्ती जारी गर्दै आक्रमणमा १२ नेपाली र दुई भारतीय नागरिक मारिएको प्रष्ट पारेका […]