अनेमसंघ (क्रान्तिकारी)को बैठक सम्पन्न, अध्यक्षमा अम्बिका मुड्भरी, महासचिवमा शारदा महत चयन


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले संगठनको अध्यक्षमा अम्बिका मुड्भरी र महासचिवमा शारदा महतलाई चयन गरेको छ ।

यसअघि संगठनको अध्यक्ष रहेकी लक्ष्मी मुड्भरीले विशेष कारणबश संगठनको अध्यक्षको जिम्मेवारीबाट हट्ने प्रस्ताव गरेपछि बैठकले अम्बिका मुड्भरीलाई अध्यक्षमा चयन गरेको हो । उनी यसअघि संगठनको महासचिव थिइन् । निवर्तमान अध्यक्ष मुड्भरी भने केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेको संगठनले जनाएको छ ।

बैठकले संगठन र संघर्षका कामलाई घनिभूत रुपमा अगाडि बढाउने निर्णय गरेको छ । आठ मार्चपासलाई भव्य रुपमा मनाउने निर्णय गरेको छ ।