काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गरेका छन् । शुक्रबार बर्षगाँठ मनाउने तयारी गरिरहेको सरकारले एक वर्षमा आफैले बाचा गरेका तथा घोषणा गरेका कुनै पनि काम सम्पन्न गर्न नसकेको र ती सबै झुठ रहेछन् भन्ने साबित भएको अध्यक्ष गजुरेलले बताएका छन् ।

हार्दिक शुभकामना !

ओली सरकारको एकवर्षको अवधिको बारेमा सोधिएको प्रश्नमा अध्यक्ष गजुरेलले भने, “चौतर्फी रुपमा ओली सरकार असफल भएको विश्लेषण भइरहँदा र सबै सूचकांकहरुले पनि त्यही कुरा प्रमाणित गरिरहँदा ओलीले त्यो स्थितिलाई अस्वीकार गरेर दुई तिहाईको दम्भ देखाएका छन् । त्यसको उल्टो समृद्धिको आधार तयार पारेको, अब देशमा समृद्ध हुन्छ, नेपाली सुखी हुन्छन् भनेर फेरि जनसर्वसाधारणलाई बेवकुफ बनाउन खोजेका छन् ।” उनले भने, “ओलीको यो दम्भले अहिले जे भइरहेको छ, त्यसमा झन् बढोत्तरी हुने देखिन्छ । त्यो भनेको मुलुकमा महंगी, बेरोजगारी, तस्करी, भ्रष्टाचार, माफियाकरण, असुरक्षा अझ बढेर जाने र मुलुकमा भयावह स्थितिको सिर्जना हुने देखिन्छ ।”

ओलीले सबै संवैधानिक निकायहरुलाई आफ्नो मातहतमा ल्याएर थप निरंकुश बन्न खोजेको टिप्पणी गर्दै देशको भूमि मिचिदा केही नबोल्ने नेपाली सेनालाई ठेकदार बनाउने सरकारी कदमको पनि अध्यक्ष गजुरेलले विरोध गरे । उनले भने, “सेनाको काम देशको सुरक्षा गर्ने हो । यति धेरै सीमा मिचिएको छ । सेना बोल्दैन । कुनै भूमिका देखाउँदैन । ठेक्का पट्टामा हात बढाएर सेना ठेकदारमा परिणत हुँदैछ । यो गम्भीर कुरा हो । यसले सेनाको व्यावसायिकतामाथि नराम्रो असर पुग्छ र सेनालाई हेर्ने जनताको दृष्टिकोण पनि बदलिन सक्छ ।”

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा शोधानान्तर स्थिति, व्यापार घाटा, प्रत्यक्ष वैदेशिक लगानी, विदेशी विनिमय सञ्चिति, मूल्यवृद्धि लगायतका सूचक खस्किएका छन् भने सुशासन, विकास र समृद्धिमा मुख्य ध्यान दिने बताएको ओली सरकारको एक वर्षका सबै सूचकांकहरुलाई केलाउने हो भने सरकार आफैले घोषणा गरेका नीति, योजना र कार्यक्रममा पूर्णतः असफल भएको छ । संसदको दुई तिहाइभन्दा बढी समर्थनमा बनेको ओली नेतृत्वको सरकारले जे दावी गरे पनि उसले जनताले अनुभूति हुने गरी विगतका सरकार जत्तिको काम पनि गर्न नसकेको चौतर्फी रुपमा विश्लेषण भइरहेको छ । निर्मला हत्या प्रकरण, सुन तस्करी, सिण्डिकेट, भ्रष्टाचार, माफियाकरण, महंगी, बेरोजगारी, दण्डहीनता, अराजकता तथा असुरक्षाको स्थितिमा भइरहेको बढोत्तरी मात्रै पनि ओली सरकारका असफलताका अभिव्यक्ति भएको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर