महान् जनयुद्धको स्मरण गर्दै जनविद्रोहको तयारीमा लागौं

महान् जनयुद्धको स्मरण गर्दै जनविद्रोहको तयारीमा लागौं

वि.सं. २००६ साल वैशाख १० गते (अप्रिल २२, १९४९) कलकत्तामा (भारत) पुष्पलाल श्रेष्ठको नेतृत्वमा बनेको “नेपाल कम्युनिस्ट पार्टी” विशेषत तेस्रो महाधिवेशनपछि टुटफुट, आरोह अवरोह पार गर्दै जाने क्रममा मुख्य पुष्पलालको धारा, माले धारा र चौथो महाधिवेशन धारामध्ये वि.सं. २०२८ सालमा को.के. (पूर्व माले)ले “झापा संघर्ष” सुरु गरे तापनि वि.सं. २०४६ सालपछि नेकपा माक्र्सवादी (पुष्पलालको धारा) र माले धारा मिलेर दक्षिणपन्थी संशोधनवादी एमाले बन्न पुग्यो ।
यता चौथो महाधिवेशन फुटेर चौम, मशाल र मसाल बनेको थियो । वि.सं. २०४७ सालपछि नेकपा (मशाल), नेकपा (चौम) र सर्वहारावादी श्रमिक संगठन मिली “पार्टी एकता संयोजन समितीमा” मिली वि.सं. २०४८ सालमा “नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र)” एकता महाधिवेशनद्वारा निर्माण गरियो । महाधिवेशनद्वारा नेपाल अर्ध सामन्ती, अर्धऔपनिवेशिक कृषि प्रधान देशमा कृषि क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्ति माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा दीर्घकालीन जनयुद्ध (जुन युद्ध रक्षा, सन्तुलन र प्रत्याक्रमणबाट अगि बढ्ने गर्दछ) राजनीतिक कार्यदिशा पारित गरियो ।
वि.सं. २०४८ सालपछि नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) ले जनसांस्कृतिक टोलीसहित देशव्यापी रुपमा राजनीतिक, वैचारिक, सांगठनिक र जनसंघर्ष र वर्गसंघर्ष उठान गरियो । नेपाली कम्युनिस्ट पार्टी (एकता केन्द्र) क्रान्तिकारी पार्टीको रुपमा, संयुक्त जनमोर्चा क्रान्तिकारी मोर्चाको रुपमा र जुझारु युवाहरुलाई संगठित गरी योंग कम्युनिस्ट लिग सेनाको रुपमा प्रशिक्षित गर्दै लगियो । संयुक्त जनमोर्चाद्वारा संसदीय व्यवस्थाको भण्डाफोर गर्दै नयाँ जनवादी क्रान्तिको तयारीको क्रममा संसदीय निर्वाचनलाई उपयोग गर्दा दुबै सदनगरी जम्मा ११ सिट जितेको थियो । स्थानीय निकाय जिल्ला, गाउँ र वडामा पनि विजय हासिल गरिएको थियो । वि.सं. २०५१ को मध्यावधिमा निर्वाचन बहिष्कार गरियो ।
नेपालको ८० प्रतिशत भूभागमा राजनीतिक प्रचार, संगठन निर्माण, केही वर्ग संघर्ष उठान, प्रतिरोध संघर्ष र राष्ट्रियता, जनतन्त्र, जनजीवीकाको लागि नेपालवन्द लगायत ठूला जनआन्दोलन गरी जनता, नेता, कार्यकर्ताहरुलाई प्रशिक्षित गरी जनयुद्धको तयारी गरियो । संगठन फौजी प्रकारको, काम युद्धस्तरको, फलामे अनुशासन भएको नेता, कार्यकर्ता निर्माण गरी चार तयारी राजनीतिक, सांगठनिक, संघर्ष, उत्पादन र राष्ट्रिय, अन्तर्राष्ट्रिय समर्थनका साथ जनयुद्धको लागि आधार तयार गरियो । युवाहरुलाई वैचारिक सामरिक र गैरसामरिक विषय वस्तुमा प्रशिक्षित गरियो । मुख्य माक्र्सवाद–लेनिनवाद–माओवादको निकै संघटक दर्शन, राजनीतिक अथैशास्त्र र वैज्ञानिक समाजवाद अनिवार्य, नयाँ ढंगले र व्यवहारिक तरिकाले अध्ययन गरी जनताका बीचमा जाने अनुसन्धान गर्ने काम भयो ।
नेकपा (एकता केन्द्र) को अल्पमत पक्ष जो निर्मल लामाले नेतृत्व गर्दथे, उहाँहरु जनयुद्धको लाईनबाट डराएर पार्टी अनुशासन र गोपनियता भंग गर्दै पार्टी मित्र गुट बनाउन थालेकाले सांगठनिक कारवाही गरियो । विधिवत तरिकाले वि.सं. २०५१ सालमा राष्ट्रिय सम्मेलन गरी नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र)ले निर्मल लामासहित केही नेताहरुलाई पार्टीबाट निस्कासन गरियो र पार्टीको नाम काम अनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखियो । नेकपा (माओवादी)का सम्पूर्ण नेता र कार्यकर्ताहरको बुझाइमा एकरुपता र त्याग बलिदान गर्ने भावनाले ओतप्रोत थियो ।
वि.सं. २०५२ साल सायद माघ महिनामा गोरखामा केन्द्रीय समितिको जनयुद्धको तयारी बैठक बसी सबै केन्द्रीय सदस्य कमरेडहरुले जनयुद्ध सुरु गरेपछि कुनै हालतमा पनि नरोक्ने बरु सबैले बलिदान गर्ने भन्ने थियो । वि.सं. २०५२ मंसिर १९ गते नेकपा (माओवादी)को क्रान्तिकारी मोर्चा संयुक्त जनमोर्चाले तत्कालीन सरकारलाई जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधीनतासम्बन्धी असमान सन्धी खारेजीसहितको ४० सुत्रीय मागहरु पेश गरी खुल्लामञ्चमा आमसभा गरिएको थियो । “यदि यी मागहरु पूरा नभए जनताले नेपालमा नयाँ जनवादी क्रान्तिको लागि जनयुद्ध लड्नु पर्ने हुन्छ हामी जनताको अग्रिम पंत्तिमा बसेर जनयुद्धको नेतृत्व गर्नेछौं” भनिएको थियो । २०५२ फागुन १ गते अघि नै ७५ वटै जिल्लामा पार्टीको जनयुद्ध सुरु गरेको पोष्टर र पर्चा पु¥याइएको थियो । २०५२ फागुन १ गते भन्दा अघि राति रोल्पा, रुकुम, सिन्धुलीमा प्रहरी चोकी कब्जा र गोरखा च्यांग्लीमा कृषि विकास बैंक कब्जागरी र नेपाल भरी पोष्टर टाँसी पर्चा छरी महान् जनयुद्ध सुरु गरिएको थियो । सबै कमरेडहरुको स्पिरिट भाव सहित मुक्ति या मृत्यु भन्ने थियो । नेता तथा कार्यकर्ताहरु मृत्युवरण गर्न कोटा चुक्ता गर्ने स्पिरिटका साथ वर्ग संघर्षको भट्टीमा हाम फालेका थिए ।
धेरैजसो कमरेडहरु स्थायी जागिर र पढाइ छोडी क्रान्तिको लागि पूर्णकालीन कार्यकर्ता बनेका थिए । सबै कमरेडहरुले व्यक्तिवादी सोचाइ छाडी महान् जनयुद्धमा हाम फाल्ने अठोट गरेका थिए । सबै कमरेडहरुमा व्यक्तिवादी सोचाइ छाडी सामूहिक भावनाका साथ जनताका बीचमा जाने जनयुद्धलाई कसरी अगाडि बढाउने भन्ने नितान्त नयाँ सोचविचारमा बहस, छलफल र अनुसन्धान हुन्थ्यो । जनयुद्ध सुरु भएपछि सम्पूर्ण नेता र कार्यकर्ताहरु जनताका बीचमा पुगी समस्यामा सहभागी भै जनताबीच नङमासुझैं एकाकार भै जनयुद्धलाई अघि बढाइयो । वि.सं. २०५३ साल पुस १९ गते रामेछापको ‘बेथान चौकी’ कब्जा गरियो, जहाँ ब्युरो सदस्य क. तीर्थ गौतमसहित तीनजना कमरेडहरुले सहादत गर्नुभयो ।
मुख्य क्षेत्र, सहायक क्षेत्र र प्रचारात्मक क्षेत्र विभाजन गरी जनयुद्ध अघि बढाइयो । स्वयंसेवक, मिलिसिया र लडाकु दस्ता बनाई प्रशिक्षित गरी सामरिक गैरसामरिक कार्यक्रम बनाई जनताको बीचमा गइयो । मूर्दा शान्ति क्षेत्रमा राजनीतिक वैचारिक प्रशिक्षित गरी गुरिल्ला जोनको रुपमा विकास गरी छापामार एक्सन अघि बढाइयो । दीर्घकालीन जनयुद्ध ‘गाउँबाट शहर घेर्ने, अवैधानिक संघर्ष प्रधान वैधानिक संघर्ष सहायक र स्थानीय सत्ता कब्जा गर्दै केन्द्रीय सत्ता कब्जा गर्ने’ मान्यताअनुसार गुरिल्ला जोनमा मुख्य फौजी एक्सन (गाउँमा) सहरमा विद्यार्थी र मजदुरबाट भवैधानिक आन्दोलन अघि बढाइयो । राजधानी गुरुङखेलमा मजदुर र विद्यार्थी कार्यालय खोलियो । मजदुर आन्दोलन अघि बढाउन श्रम विभागबाट मजदुर संगठन दर्ता गरियो । यसरी वैधानिक र अवैधानिक आन्दोलन तालमेल गरी जनयुद्ध अघि बढाइयो । मुख्य जोनमा एक्सन गरेको भोलिपल्ट दमन हुन्थ्यो । राजधानीबाट ‘जनयुद्ध बन्द गर’ भन्ने नारा वैधानिक तवरले घन्किन्थ्यो । क्रान्ति जिन्दावाद, जनयुद्ध जिन्दावाद, राजतन्त्र मूर्दावाद, नेकपा (माओवादी) जिन्दावाद जस्ता नारा छापामार तरिकाले दिउँसो समयमा पनि असनलगायत मुख्य भिडमा कोणसभा र जुलुस गरिन्थ्यो । वैधानिक आन्दोलन उठाउने क्रममा मजदुर महासंघको भेलामा सबै पेशा केन्द्रीय समिति सदस्यसहित ७०० भन्दा बढी वैठक (भेला) बाट प्रहरीले पक्डी महेन्द्र पुलिस क्बलमा राखी अन्तमा ३७ जना जो पहिला समात्ने गरेको मजदुर नेताहरुलाई राखी अरुलाई रिहाइ गरियो । मजदुर संगठन दर्ता भएपनि प्रहरीले पक्डने र अदालतले छोड्ने आदेश दिएपछि गेटबाट पुनः गिरफ्तार हुनुहुन्थ्यो उहाँ पहिलो शहीद हुनुभयो उहाँ भक्तपुर पार्टी सदस्य पूर्णकालीन र मजदुर नेता उमेश सेढाईं, हिरा रोका लगायतलाई काठमाडौंबाट बेपत्ता पारियो ।
१० वर्षे महान् जनयुद्धमा काठमाडौंबाट प्रशिक्षित भएका विद्यार्थी, कलाकार, युवा नेता कार्यकर्ताहरु कलाकार शिव श्रेष्ठ, हरिशचन्द्र श्रेष्ठ गोरखामा शहीद हुनुभयो । रोमियो किलो सेरा टू पुलिस अप्रेशन चलार्य १६ हजार भन्दा बढी माओवादी नेता कार्यकर्ता हत्या गरियो प्रहरीद्वारा । राजनीतिक रक्षाको चरणमा “हिट एण्ड रन” थ्यौरी अपनाइन्थ्यो । रक्षाबाट सन्तुलनमा जनयुद्ध प्रवेश गर्दैगर्दा पुलिस, जालिफटाहा र जनविरोधी माथि एक्शन गरिन्थ्यो । सबै जिल्लाका जेल र विशेष राजधानी अन्य शहरको जेलमा धेरै माओवादीलाई राखिन्थ्यो । जेदभित्र पनि वैचारिक रुपमा संगठित गरेर परिचालन गरिन्थ्यो । केही ठाउँ गोरखा जेलबाट उमा भुजेल लगायत महिला कमरेडहरुले बे्रक गर्नु भएको थियो । सेनामाथि जनमुक्ति सेना जाइलागेपछि वि.सं. २०५८ साल माघ १९ गतेबाट ज्ञानेन्द्रले संकटकाल लागू गरे ।
जनयुद्ध केन्द्रित, विकेन्द्रित, नसिहत, सफाया, प्रचारात्मक अनेकौं जनकारवाही गरिन्थ्यो । लडाकुदस्ता हुँदै जनमुक्ति सेना बनाई कम्पनी, बटालियन, डिभिजन निर्माण गरियो । १० वर्षको अवधिमा ३१ हजार जनमुक्ति सेना परिचालन गरियो । जनयुद्धको समयमा पार्टी नै सेना जस्तो थियो । धेरैजस्तो जिल्लामा सेना र प्रहरी जिल्लासदरमुकाम केन्द्रीय गरियो । देशको ८० प्रतिशत भूमिमा सत्ता खाली भयो त्यहाँ जनसरकार गठन गरिन्थ्यो ।
रोल्पा, रुकुम, सिन्धुली र गोरखाबाट सुरु गरिएको जनयुद्ध पश्चिमबाट पूर्व हुँदै देशको ८० प्रतिशत भूभाग कब्जा गर्न सफल भएको थियो नेकपा (माओवादी) । नेकपा (माओवादी) र जनमुक्ति सेना जनतामा लोकप्रिय भएको थियो गरीब नेपाली जनताका ढुकढुकी बनेको थियो । महान् जनयुद्धमा प्रत्याक्रमणसम्म आइपुग्दा वैकल्पिक पिबिएम्देखि सीसीएम लगायत सम्पूर्ण १६ हजारभन्दा बढी अपांगका योगदानबाट सिर्जित अभियानलाई गद्दार राजनीतिक ठगहरुको मण्डली प्रचण्ड–बाबुरामले बीचबाटोमा छाडी पार्टी, क्रान्ति, देश र जनतालाई धोका दिई नव–संशोधनवादी बाटो लिएकोले क. किरण र सीपी “क. गौरवको” संयुक्त पहलमा वि.सं. २०६९ सालमा ‘बौद्ध’ राष्ट्रिय भेलाबाट नेकपा (माओवादी) बाट नेकपा–माओवादी पुनर्गठन गरियो ।
वि.सं. २०७० सालमा सातौं महाधिवेशन गरी जनयुद्धको जगमा जनविद्रोह फौजी कार्यदिशा र नयाँजनवादी क्रान्ति राजनीतिक कार्यदिशाबाट नेकपा–माओवादीलाई अगाडि बढाउने क्रममा एकीकृत जनक्रान्ति तथा वैज्ञानिक समाजवाद भन्ने राजनीतिक कार्यदिशा ल्याई राष्ट्रिय भेलामा पेश गर्ने हिमत नराखी २०७१ सालमा नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी फुटाए । वि.सं. २०७२ सालबाट गद्दार वादलले फेरि पार्टी फुटाएर गएतापनि नेकपा (मसाल) बाट बनेको नेकपा (एकीकृत) र परि थापाले नेतृत्व गरेको पार्टीसँग एकीकरण भई नेकपा (क्रान्तिकारी माओवादी)ले वि.सं. २०७४ असोजमा राष्ट्रिय सम्मेलन गरी नयाँ जनवादी क्रान्ति जनविद्रोह फौजी कार्यदिशा सहित संगठन अहिले आएर संघर्ष संगठन संघर्षको चरणमा रहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नेपालको राजनीतिक क्षेत्रमा विकल्पको रुपमा उभिएको छ ।
अहिले विश्वको जनताको अन्तरविरोध हेर्दा १९४ देशहरु मध्ये २० वटा जति पुँजिवादी अवस्थामा रहेका छन् भने १७४ देशहरु जति अल्प विकसित अर्ध नवऔपनिवेशिक अवस्थामा रहेका छन् । पुँजिवादी देशहरुमा १० प्रतिशत पुँजिपति वर्गमा र ९० प्रतिशत जनता सर्वहारा मजदुर वर्गको रुपमा रहेका छन् । यता अर्ध विकासशील देशहरुमा १० प्रतिशत नोकरशाही दलालपुँजिपति र सामन्त पर्दछन् भने किसान र मजदुर गरी ९० प्रतिशत जनता बीचको वर्गसंघर्ष तिव्र बन्दै गएको छ ।