काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीका बीच गठित केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठकले काठमाडौंमा “वर्तमान राजनीतिक परिस्थिति र आगामी बाटो” शीर्षकमा विचारगाेष्ठी गर्ने निर्णय गरेकाे छ ।
समितिका संयोजक गौरवको अध्यक्षतामा बसेकाे बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा समीक्षा गरी यही वैशाख ११ गते “वर्तमान राजनीतिक परिस्थिति र आगामी
बाटो” शीर्षकमा विचार गोष्ठी गर्ने निर्णय गरेको हाे । गोष्ठीको समय र स्थानबारे भने पछि जानकारी गराइने केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा जारी प्रेस वक्तव्यमा जनाइएकाे छ ।



























