‘हिमाली दर्शन’ र ‘अविश्रान्त अवनी’ कृतिहरूको विवेचना गरिने

‘हिमाली दर्शन’ र ‘अविश्रान्त अवनी’ कृतिहरूको विवेचना गरिने

समाचार

चितवन, ४ बैशाख
माक्र्सवादी दर्शनका ज्ञाता एवम् नेपालको कम्युनिस्ट आन्दोलनका एक अग्रणि नेता तथा बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य ‘किरण’द्वारा रचित ‘हिमाली दर्शन’ तथा प्रगतिवादी कवि ईश्वरी ओझा रचित ‘अविश्रान्त अवनी’ महाकाव्यको भोली शनिबार चितवनमा विवेचना कार्यक्रम गरिने भएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी मातहतको अखिल नेपाल जनसांस्कृतिक महासङ्घ चितवन जिल्लाको आयोजनामा हुने उक्त विवेचनामा ‘हिमाली दर्शन’कृतिमाथि गोपिरमण उपाध्याय र ‘अविश्रान्त अवनी’ कृतिको महासङ्घ चितवनका अध्यक्ष समेत रहनुभएका प्रगतिवादी साहित्यकार रविकिरण निर्जिवले विवेचना गर्नुहुने भएको छ । उक्त कार्यक्रमलाई सफल बनाउन महासङ्घका केन्द्रीय संयोजक हिरामणि दुःखी आज चितवन आउनुभएको कुरा आयोजक संस्थाका सदस्य नारायण शर्मा ‘विपिन’ले मुलबाटोलाई बताउनुभएको छ ।

नयाँवर्षको सुरुआतीमा आजसम्म पूर्वीय सहित्य र भारतीय दर्शनका नामबाट प्रचारित दर्शनको तथ्यपरक विश्लेषण गर्दै खण्डन गरेर तयार पारिएको नेपालको भूमिबाट र नेपालकै दार्शनिकद्वारा रचित भौतिकवादी दर्शन ‘हिमाली दर्शन’ पुस्तकको विवेचना गरेर महासङ्घका आगामी गतिविधिलाई अगाडि बढाउन चाहेको अयोजकहरूले बताएका छन् ।