सरकार फासिवादी शैलीमा चलिरहेको छ : सीपी गजुरेल

सरकार फासिवादी शैलीमा चलिरहेको छ : सीपी गजुरेल

काठमाडौं । सरकारले फाँसीवादी शैलीमा चलिरहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारको गतिविधि फाँसीवादी शैलीमा अघि बढिरहेको दावी गर्नुभयो ।

महासचिव गजुरेलले सरकारले सुकुमवासी बस्तीमा डोजर चलाउने कुरा, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कुरा पञ्चायती व्यवस्थामापनि नभएको भन्दै आपत्ति जनाउनु भयो ।

‘परिस्थिति बदलिएको छ । अब अहिले नेपालको नै कुरा गर्ने हो भने फाँसीवाद लागू गर्दै गइराखेको छ । आजै सरकार बनेको एक महिना पुगेको छैन सुकुमवासीलाई त्यहाँबाट हटाउनको निम्ति डोजर लगाउने भनेर आज सुनियो । अब यो त फाँसीवादको प्रयोग गर्ने हो नि । अब विद्यार्थीहरुले संगठन खोल्न हुँदैन भनेर निर्णय गर्नु भनेको त फाँसीवाद हो नि,’ यहाँले भन्नुभयो । उहाँले सरकार नेपाली जनताको हितमा नभएको पनि बताउनु भयो ।

‘निर्दलीय व्यवस्थामा पनि विद्यार्थीहरूले चुनाव पनि लडन पाउँथे, अरु अधिकार पनि पाउँथे । यसले त पञ्चायतले जति अधिकार पनि दिएन,’ उहाँले भन्नुभयो ।

महासचिव गजुरेलले मुलुकलाई संकटबाट जोगाउन सबै क्रान्तिकारी, देशभक्त शक्तिहरूबीच सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको पनि बताउनु भयो ।