काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एक प्रेस वक्तव्य जारी गरी बिना विकल्प सुकुम्बासी बस्तीमाथि डोजर लगाएर उठिबास लगाउने बालेन सरकारको अन्यायपूर्ण कदमको विरोधमा उत्रन आव्हान गरेको छ ।
पार्टी प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा भनिएको छ, मिति २०८३ वैशाख १० गते सहायक प्रमुख जिल्ला अधिकारी काठमाण्डौद्वारा हस्ताक्षर गरी नदी किनारमा बनाइएका घर टहरा ११ गते साँझ ७ः०० बजेसम्म खालि गरिसक्नु पर्ने र सो नगरे १२ गते विहान ६ः०० बजेदेखि डोजर लगाएर भत्काइने छ भनी प्रकाशित सुुचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । वास्तविक सुकुम्बासीको पहिचान र तिनको बसोबासको वैकल्पिक व्यवस्था नगरी अन्धाधुन्ध डोजर लगाएर जनतालाई दुःखदिने बालेन सरकारको यो कदमको हाम्रो पार्टी घोर विरोध गर्दछ । साथै, सरकारको यो अन्यायपूर्ण कदमको विरोधमा उत्रिन सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक आह्वान गर्दछ ।
मिति ः २०८३ वैशाख ११
सुदर्शन
प्रवक्ता





















