चितवनको माडीमा क्रान्तिकारी माओवादीको ‘रेड मार्चपास’सहित जनयुद्ध दिवस भव्य रुपमा सम्पन्न

प्रकाशित मिति : २०७५ फाल्गुन २

चितवन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) चितवनले चितवनको माडीमा रेड मार्चपाससहित कोणसभा भव्यताका साथ सम्पन्न गरेको छ । क्रान्तिकारीहरुको ऐतिहासिक तथा उर्वर थलो चितवन र त्यसमा पनि चितवनको माडीमा स्थानीय जनताको व्यापक सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

२४औं जनयुद्ध दिवसको अवसरमा चितवनका सयौं संख्यामा क्रान्तिकारी युवा लिगका कमरेडहरु वसन्तपुर माडीमा रहेको महान् जनयुद्धको सहिदहरूको प्रतिमा परिक्रमा गरी मार्चपाससहित वसन्तपुर चोकमा पुगेपछि र्याली कोण्सभामा परिणत भएको थियो ।
उक्त कोण सभालाई नेकपा क्रान्तिकारी माओवादीका नेताहरु क. अंबिका मुडवरी‘अन्जना’, क. अशोक शर्मा, क. घननाथ सापकोटाले संबोधन गर्नुभएको थियो ।