काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय समितिको नेतृत्वमा ‘मेची– महाकाली अभियान सफल पारौं ! अग्रगामी विकल्पको तयारी गरौ !!’ भन्ने आव्हानका साथ मेची–महाकाली अभियानको सुरु हुँदैछ । फागुन ७ देखि २१ गते सम्म चलाइने अभियानको उद्घाटन एकैसाथ देशका चारवटा सहरबाट हुँदैछ ।

हार्दिक शुभकामना !

प्राप्त जानकारी अनुसार झापाको काँकडभिट्टा, कञ्चनपुरको गड्डाचौकी, कास्कीको पोखरा र काठमाडौंको रत्नपार्क शान्तिबाटिकाबाट एक साथ अभियानको उद्घाटन हुँदैछ । काठमाडौंको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले गर्ने कार्यक्रम तय भएको छ भने झापाको काँकडभिट्टामा देजमोका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले गर्ने मोर्चाको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । त्यसैगरी कञ्चनपुरको गड्डाचौकीमा देजमो सचिव परि थापाले र कास्कीको पोखरामा मोर्चाका सचिवालय सदस्य तथा ४ नं. प्रदेश संयोजक केशबहादुर परियारले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुलाई लिएर पुरानो दलाल पुँजीवादी सत्ता, व्यवस्था र संविधानको भण्डाफोर गर्दै त्यसको विकल्पमा संघीय जनगणतन्त्रको स्थापनाको आवश्यकता र त्यसको लागि नयाँ जनवादी क्रान्तिको तयारीका विषयमा जनतामा जागरण ल्याउने उद्देश्यसहित सुरु गर्न लागिएको यो अभियानमा मोर्चाको नेतृत्वमा क्रान्तिकारी माओवादीले आफ्नो सिंगो शक्तिलाई केन्द्रित गरी परिचालन गर्दैछ ।

प्राप्त जानकारी अनुसार अभियान सञ्चालन हुने प्रदेशमा कार्यरत पार्टी स्थायी समिति सदस्य, पीबिएम, केस, मोर्चाका सबै केसहरु, जबस मोर्चाका अध्यक्ष तथा संयोजकहरु र सम्बन्धित जिल्लाका पार्टी तथा मोर्चाका सदस्यसम्म अभियानमा परिचालित हुने जनाइएको छ ।

अभियानको क्रममा भारतीय पक्षबाट भएका अतिक्रमित भूभागहरुको अध्ययन÷अवलोकन, कोणसभा, अन्तक्र्रिया, गोष्ठी, सहिद तथा वेपत्ता परिवार, घाइतेहरुसँग भेटघाट लगायतका कार्यक्रमहरु गरिने छ । अभियानको समापन २१ गते चितवनमा वृहत् सभा गरी सम्पन्न गर्ने कार्यक्रम रहेको छ । पूर्व र पश्चिम, पोखरा र काठमाडौंको अभियान टोली सबै २१ गते चितवनमा आइपुग्ने गरी अभियानको समय तालिका मिलाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर