पोखरा । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी कास्की जिल्ला समितिको आयोजनामा २४ औं जनयुद्ध दिवस भब्यरुपमा पोखरामा सम्पन्न भयो ।  उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी कापोलिट ब्युरो सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ४ नम्बर प्रदेशका संयोजक कमरेड केशवहादुर परियारले जनवादी क्रान्ति सम्पन्न भएको छैन .

हार्दिक शुभकामना !

जनताको आन्दोलन रोकिएको छैन, जनयुद्धको जगमा जनविद्धोहको आधीबेरी सृजना गरी यो नामधारी डबल नेकपाको सरकारलाई परास्त गरी जनताको संघीय जनगण्तन्त्र स्थापनाको दिशामा अघि बढ्न नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले देशव्यापी रुपमा संघर्षका कार्यक्रमहरु घोषण गरिसकेको छ ।

अब सम्पूर्ण नेपाली जनता आन्दोलितहुने बेला आएको छ । अबको आन्दोलनले संघीय जनगणतन्त्र स्थापना गरी शोषित उत्पीडित वर्गको शासन व्यवस्था कायम गरेर छाडिने छ । तबमात्र जनयुद्ध दिवस मनाएको सार्थकताहुने छ । अनि मात्र शहीदका सपना पूरा हुुने छन् भन्नु भयो ।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य एवम कास्की जिल्ला इन्चार्ज कमरेड रामजी थापा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल केन्द्रीय सदस्य कमरेड भीमबहादुर श्रीस, तमु मोर्चाका केन्द्रीय सदस्य कमरेड टेकबहादुर गरुङ्ग, महिला मोर्चाकी केन्द्रीय सदस्य कमरेड कल्पना थापा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल कास्की जिल्ला अध्यक्ष कमरेड भोजराज त्रिपाढी, ईश्वर शास्त्रीलगायतले बोल्न’ भएको थियो । उक्तकार्यक्रममा रामवहाद्र पुन, प्रेम बि.क., डिलकुमारी पुन, ईन्द्र गरुङ्गलगायतको उपस्थिति रहेको थियो । 

कास्की जिल्ला सेक्रेटरी कमरेड कर्णबहादुर पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन कमरेड उर्मिला श्रीसले गर्नु भएको थियो । प्रमुख अतिथि, अतिथिहरुलगायत सम्पूर्ण उपस्थित जनसमुदायलाई स्वागत गर्दै स्वागत मन्तव्य कमरेड विना बुढाथोकीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर