कञ्चनपुर । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा ७ देखि २१ गतेसम्म सञ्चालन हुने मेची–महाकाली अभियान अन्तर्गत कञ्चनपुरदेखि चितवनसम्म आउने अभियानको कञ्चनपुरको गड्डाचौकीमा भव्य रुपमा उद्घाटन भएको छ । यहाँको अभियानको उद्घाटन मोर्चाका केन्द्रीय सचिव परि थापाले गरेका छन् । ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौ, संघीय जनगणतान्त्रको लागि संघर्ष गरौ’ भन्ने मूल नारा लेखिएको व्यानरको अनावरण गर्दै कार्यक्रमका प्रमुख अतिथि थापाले अभियानको उद्घाटन गरेका हुन् ।

हार्दिक शुभकामना !

अभियान उद्घाटन समारोहमा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य राजवीर, पोलिटव्यूरो सदस्य अटल, मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा ५ नंं प्रदेशका संयोजक केवी गुरुङ, मोर्चाका सचिवालय सदस्य तथा ७ नं. प्रदेशका संयोजक रामबहादुर केसी, पार्टी केसहरु चिन्तनराज, क्षितिज लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

पार्टी केन्द्रीय सल्लाहकार कृष्ण प्रसाद भण्डारी , सल्लाहकार मानध्वज श्रेष्ठ लगायतका नेताहरुको समेत उपस्थिति रहेको अभियान उद्घाटन समारोहमा जनसमुदायको समेत उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

रामबहादुर केसीको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन मोर्चाका केन्द्रीय सचिवालय सदस्य दिपक शाहीले गरेका थिए । समारोहमा स्वागत मन्तव्य मोर्चाका कञ्चनपुर अध्यक्ष विष्णुराम दमाईले गरेका थिए ।

अभियान उद्घाटन सकिए लगत्तै अभियान टोली कञ्चनपुरकै झलारीतर्फ प्रस्थान गर्नेछ । झलारीमा साँझ कोणसभा सम्पन्न गरी राती टोली त्यहीं बस्ने कार्यक्रम रहेको छ ।

प्रदेशहरु ६ र ५ मा कार्यरत दर्जनौं नेता कार्यर्ताहरुको सहभागिता रहेको अभियान टोलीमा ७ नंं प्रदेशका सबै पार्टी, देजमो तथा जबस–मोर्चाका नेता कार्यकर्तादेखि पार्टी तथा मोर्चाका पार्टी सदस्यसम्मको सहभागिता रहेको छ । यो अभियान टोलीमा नियमित १ सय ५० जनाको सहभागिता रहने मोर्चाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर