पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले पोखरामा नारा जुलुससहित भव्य रुपमा मेची–महाकाली अभियानको उद्घाटन गरेको छ । अभियानको उद्घाटन मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा ४ नंं. प्रदेश संयोजक केशबहादुर परियारले गरे । नेता परियारले वेलुन उडाएर अभियानको उद्घाटन गरेका थिए । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य समेत रहेका नेता परियारले अभियानको उद्घाटन गर्दै भने, “वर्तमान सरकार मत्ताहात्ति जस्तै भएको उदाहरण दिदैं जसरी मत्ता हात्ती बस्तीमा छिरेर विनास गर्दछ, त्यसरी नै वर्तमान सरकारका गतिविधिले नेपाली जनता र देशकै विनास भएको छ ।” उनले नेपाली युवाहरुलाई विदेश पठाउने र रेमिट्यान्सबाट देश चलाउने सोंचले मुलुकमा राष्ट्रिता झन धरापमा परेको बताए । उनले उखान र टुक्काले देश नचल्ने बताउँदै वर्तमान सरकारले सबैभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाए ।

हार्दिक शुभकामना !

कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य अशोक लम्सालले दलाल पुँजीको आडमा टिकेको वर्तमान सरकारलाई जनताले सडकबाटै ढाल्ने चेतावनी दिए ।

कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य एवं धौलागिरी इन्चार्ज हिरा बहादुर थापाले वर्तमान सरकार इतिहासकै नालायक सरकार रहेको टिप्पणी गरे । उनले गण्डकी प्रदेश स्वीकार्य नभएको उल्लेख गर्दै तमु, जनजाती आदिवासीहरुको थलोको नाम मेटाउने देव गरुङ र हालका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जनताले फुर्सद नदिने चेतावनी दिए ।

कार्यक्रममा बोल्दै क्रान्तिकारी युवा लिगका प्रदेश प्रमुख एवं केन्द्रीय सदस्य उत्तम थापा मगरले मेची महाकाली अभियानसँगै वर्तमान सरकारका विरुद्ध जनताको सेना स्थापना हुने चेतावनी दिए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य भिम बहादुर श्रीसको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देजमो नेपालका केन्द्रीय सदस्य सुशिला थापाले आम महिलाहरु अधिकारका लागि संघर्षमा उत्रिनुपर्ने बताईन् ।

अभियानको उद्घाटन कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं युवा नेता नारायण अधिकारी, युवा लिग नेपालका केन्द्री सदस्य एवं प्रदेश ४ का कार्यालय सदस्य इन्द्र गुरुङ, सो पार्टीका पर्वत जिल्ला इन्चार्ज तेजेन्द्र पौडेल लगायत विभिन्न जिल्लाका ईन्चार्ज सेक्रेटरी एवं भातृ संगठनका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संगम साँस्कृतिक मञ्च नेपालका कलाकारहरुले प्रस्तुत गरेका क्रान्तिकारी गीत र नृत्यले अभियान सामारोहलाई थप उर्जा प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर