चितवन । आज अर्थात् ७ फागुनदेखि २१ फागुनसम्म देशका चार सहरबाट एकसाथ उद्घाटन भई सुरु भएको मेची–महाकाली अभियानको सार्वजनिक जनाउ दिन देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले चितवनको चौविसकोठीमा सूचना सभा सम्पन्न गरेको छ । पश्चिम र पूर्वलगायत पोखरा र काठमाडौंबाट सुरु भएको अभियान २१ गते चितवनमै आइपुगेर सम्पन्न गरिदैछ । त्यस बेलासम्म जिल्लाका सबै सहर बजारमा यस्ता सूचना सभाहरु गरिने देजमो चितवनले जनाएको छ ।

हार्दिक शुभकामना !

आजको सूचना सभालाई देजमोका केन्द्रीय सदस्य तथा नेकपा (क्रान्तिकारी माओवादी)का चितवन सचिव समेत रहेका अशोक शर्माले सम्बोधन गरेका थिए । सभाको सञ्चालन जिल्ला नेता घननाथ सापकोटाले गरेका थिए । सभामा क्रान्तिकारी माओवादीकी केस अम्बिका मुडभरीलगायत पार्टी तथा मोर्चाका जिल्ला नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर