काठमाडौं । बिहीबारदेखि शनिबारसम्म कामाडौंलगायत देशभर वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने भएको छ ।

प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिबारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो । ‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्यो,’ मौसमविद् सुवास रिमालले भने, ‘हिउँदमा कहिले कम र कहिले प्रभावशाली भएर आउने पश्चिमी न्यूनचापीय प्रभाव यो वर्ष प्रभावशाली भएर भित्रिएको छ ।’

हार्दिक शुभकामना !

मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय प्रभावका कारण बुधबार दिउँसोदेखि पश्चिमी नेपालमा मध्यम वर्षा भएको मौसमविद् सुवास रिमालले बताए । बिहीबार काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रमा यस्तै वर्षा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर