सुदुर पश्चिम विश्वविद्यालयमा अखिल क्रान्तिकारीको संगठन बिस्तार

सुदुर पश्चिम विश्वविद्यालयमा अखिल क्रान्तिकारीको संगठन बिस्तार

कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले सुदूर पश्चिमाञ्चल विश्व विद्यालय मातहत र यससँग सम्बन्धनप्राप्त उच्च शिक्षालयहरुमा घनिभूत रुपमा आफ्नो संगठन निर्माण अभियान अघि बढाएको छ ।

संगठन विस्तार अभियानका क्रममा सुदूर पश्चिमाञ्चल विश्वविद्यालय सूचना तथा प्रविधि संकायमा अध्ययनरत वामदेव भट्टको नेतृत्वमा ११ सदस्यीय कमिटी निर्माण गरिएको छ । विभागीय कमिटी अध्यक्ष वामदेव भट्टको अध्यक्षतामा निर्माण गरिएको उक्त कमिटीको उपाध्यक्षमा उज्ज्वलकुमार धामी, सचिवमा महेशराज जोशी, सहसचिवमा संगिता पनेरु रहेका छन् ।

उक्त कमिटीका सदस्यहरुमा शिव पाण्डे लगायत ११ जना रहेको बताइएको छ । यो अभियानको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र साउद्वारा सफलतापूर्वक अगुवाइ भइरहेको पनि बताइएको छ ।

निकै उत्साहका साथ अघि बढिरहेको क्रान्तिकारी विद्यार्थीको यो अभियानमा सुदूर पश्चिमाञ्चल विश्व विद्यालयकै वातावरण विज्ञान विभागमा पनि एउटा सशक्त कमिटी निर्माण गरिएको छ । उक्त कमिटीको नेतृत्वमा कुलबहादुर पुनमगर रहेको बताइएको छ । यो कमिटी पनि ११ सदस्यीय रहेको बताइएको छ ।

उक्त वातावरण विज्ञान विभागीय कमिटीका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष शारदा भट्ट, सचिव रमेश भट्ट, सहसचिव राशी मल्ल रहेको बताइएको छ । कमिटीका सदस्यहरुमा सन्तोष साउद लगायत ११ जना सदस्यहरु रहेको बताइएको छ ।

अभियानका क्रममा सुदुर पश्चिम विश्व विद्यालयका सबै विभागमा कमिटी निर्माणका कार्यक्रमहरु रहेको पनि साउँदले बताएका छन् । इकाइ कमिटीहरु निर्माणका साथै यी सबैलाई समेटेर मूल कमिटीहरु पनि विना ढिलाइ निर्माण गरिने बताइएको छ ।

हाल इकाई निर्माणका यी सबै कार्यक्रमहरु क्रान्तिकारीका केन्द्रिय सदस्य टेकेन्द्र साउदको आतिथ्यता र पहलकदमीमा सम्पन्न भएका छन् ।