क्रान्तिकारी माओवादीको प्रचार विभागद्वारा दुई दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन

क्रान्तिकारी माओवादीको प्रचार विभागद्वारा दुई दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) १ नं. प्रदेश समितिले प्रदेश स्तरीय पत्रकारितासम्बन्धी दुई दिने तालिम कार्यक्रमको सञ्चालन गरेको छ । पत्रकारितासम्बन्धी तालिम कार्यक्रमको उद्घाटन पार्टीका स्थायी समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि प्रतीकले गरे । पार्टीका प्रवक्ता समेत रहेका प्रतीकले आज सुनसरीको इटहरीमा पत्रकारिता सम्बन्धी तालिमको उद्घाटन गरेका हुन् । 

पार्टीका प्रचार प्रसार विभागका प्रदेश प्रमुख गणेश कटुवालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन दामोदर पाण्डेल गरेका थिए भने कार्यक्रममा पार्टी पीविएम तथा १ नं. प्रदेश सचिव लालबहादुर, पार्टी केस मनोज, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रामकुमार श्रेष्ठ, पार्टीका केन्द्रीय प्रचार विभागका सदस्य विधुर ढकाललगायतका नेताहरु अतिथिको रुपमा उपस्थित रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि र क्रान्तिकारी पत्रकार महासंघका सचिव श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन कार्यक्रम सकिएलगत्तै अहिले पत्रकारितासम्बन्धी आधारभूत तालिम सुरु भएको छ । तालिममा १ नं. प्रदेशक जिल्लाहरुबाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । भोलि अर्थात् २४ माघमा क्रान्तिकारी पत्रकार महासंघको प्रदेशस्तरको भेला समेत हुने र भेलाले महासंघको प्रदेशस्तरीय कमिटी निर्माण गर्ने जनाइएको छ । क्रान्तिकारी पत्रकार महासंघ आउँदो फागुन २९ र ३० गते राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । यसअघि महासंघले ३, ४ र ७ नं. प्रदेशमा भेला सम्पन्न गरिसकेको छ ।