टेलिकमका यी नम्बरका रिचार्ज नकिन्नुहोला

काठमाडौं । नेपाल टेलिकमको २० हजार वटा रिचार्ज कार्ड हराएको छ । आयात गर्ने क्रममा ११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्म सिरियल नम्बर भएका एक सय रुपैयाँ दरकाको २० हजार रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ । टेलिकमले एक सूचना जारी गर्दै यी नम्बरको रिचार्ज कार्ड नकिन्न टेलिकमले आग्रह गरेको छ ।

क्रान्तिकारी पत्रकार महासंघ काठमाडौंको संयोजकमा रामचन्द्र हुमागाईं

काठमाडौं . शुक्रबार गरिएको एक भेलाले क्रान्तिकारी पत्रकार महासंघको काठमाडौं जिल्ला समिति गठन गरेको छ । भेलाले बरिष्ठ पत्रकार रामचन्द्र हुमागाईंको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको जनाएको छ । भेलाले सचिवमा युवा पत्रकार विधुर ढकाललाई चयन गरेको छ भने सदस्यहरुमा जय दाहाल, भागवतनरसिंह प्रधान, दर्शन गदाल, प्रतीक सिंग्देल, गोपालदास श्रेष्ठ, सानुकाजी महर्जन, बालकष्ण […]

माडी क्याम्पसमा अखिल (क्रान्तिकारी)को इकाइ समिति गठन

चितवन । चितवनको माडी क्याम्पसमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)को इकाइ समिति गठन गरिएको छ । संगठनका केन्द्रीय सदस्य अमृत चपाईले दिएको जानकारी अनुसार शुक्रबार भएको एक भेलाले माडी क्याम्पसका मनोज चौधरीको अध्यक्षतामा ९ सदस्यीय इकाइ समिति गठन गरिएको हो । स्ववियू निर्वाचन नजिकिदै गर्दा अखिल (क्रान्तिकारी)ले देशैभरिका क्याम्पसहरुमा संगठन विस्तारलाई तीव्रता दिएको छ […]

समाजवादी क्रान्ति भन्नेहरुले दलाल पुँजीवाद र वैदेशिक प्रतिक्रियावादका विरुद्ध लड्नु पर्दैन ? : अध्यक्ष किरण

काठमाडौं । इच्छुक साँस्कृतिक प्रतिष्ठानले शुक्रबार आयोजना गरेको ‘नेपाली समाजको वर्तमान वर्गचरित्र’ विषयक बहस कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा जनवादी क्रान्ति भइसक्यो अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्नेहरुले कसका विरुद्ध क्रान्ति गर्ने हो भन्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले समाजवादी क्रान्ति गर्ने भन्नेहरुले वैदेशिक प्रतिक्रियावादका विरुद्ध लड्नु पर्दैन भनेर प्रश्न गरे । नेपाली वाम आन्दोलनमा जनवादी क्रान्ति […]

उमेर हद नहटाए स्ववियु चुनावमा भाग नलिने चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले उमेर हद नहटाए स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग नलिने चेतावनी दिएको छ । त्रिभूवन विश्वविद्यालयले स्ववियू निर्वाचनमा २८ वर्षे उमेर हद कायम गरेको छ । बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी नेविसंघ जिल्ला कार्यसमिति काठमाडौंका सभापति मनोज वैद्यले उमेर हद तोकेर स्ववियु निर्वाचन गराउँछु भन्नु दिवा […]

बाबुरामको रामलीला : पार्टीमै नभएका सांसदलाई बनाइयो सल्लाहकार

काठमाडौं । संविधान जारी गरेसँगै नयाँ शक्ति पार्टी गठन गरेका पूर्व माओवादी नेता डा.बाबुराम भट्टराईले पार्टीमै नभएका व्यक्तिलाई सल्लाहकारमा नियुक्त गरेका छन् । तत्कालीन एमाओवादीको सिफारिसमा सरकारले मनोनित गरेका २६ जनाको कोटाबाट सांसद बनेका जनकराज जोशी डा.भट्टराईको सल्लाहकारमा नियुक्त भएका हुन् । सांसद जोशीले भने आफू नयाँ शक्तिमा प्रवेश नगरेको बताएका छन् । नयाँ शक्तिले […]

योग्य र क्रियाशिल पत्रकारहरुलाई सदस्यता लिनबाट बञ्चित गरेको भन्दै तालाबन्दी

नवलपरासी । नेपाल पत्रकार महासंघ नवलपरासीले सदस्यता सिफारिसमा सिण्डिकेट लादिएको र जिल्लामा कार्यरत योग्य र क्रियाशिल श्रमजीवि पत्रकारहरुलाई महासंघको सदस्यता लिनबाट वञ्चित गरेको भन्दै नवलपरासीका तीन पत्रकार संगठनले महासंघको कार्यालयमा तालाबन्दी गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटी नवलपरासीले बुधबार नेपाल पत्रकार महासंघ नवलपरासीको कार्यालयमा तालाबन्दी गरेको क्रान्तिकारी पत्रकार महासंघ […]

‘एअर मार्शल सम्झौता’ खारेज गर्न र सगरमाथा प्रवेशमा भारतीय टोलीलाई रोक लगाउन क्रान्तिकारी माओवादीको माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले हालै नेपाल र भारतका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्चस्तरीय अधिकारीहरुका बीच वार्ता भई सम्झौता गरिएको एअर मार्शल सम्झौताले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा राष्ट्रिय आत्मसम्मानमाथि गम्भीर आघात पु¥याएको भन्दै सम्झौता तत्काल खारेज गर्न माग गरेको छ । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले बिहीबार एक विज्ञप्ती सार्वजनिक गर्दै उक्त माग […]

नेपाल प्रहरीका एसएसपीहरुको सरुवा, सर्वेन्द्र खनाल र रमेश खरेल हेडक्वाटरमा

काठमाडौं । नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको छ । लामो समयदेखि रोकिदै आएको एसएसपीहरुको सरुवामा गृहमन्त्री विमलेन्द्र निधी र प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालबीच विवाद देखिदै आएको थियो । धौलागिरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी काठमाडौं प्रहरी प्रमुख भएका छने महानगरीय अपराध महाशाखा प्रमुख रहेका सर्वेन्द्र खनाललाई हेडक्वाटरमा प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ । […]

क्रान्तिकारी पत्रकार महासंघले जिल्ला भेला गर्ने

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ नेवा राज्यन्तर्गतका तीनवटा जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंको भेलाको आयोजना गर्दैछ । महासंघका नेवा राज्य संयोजक सचिर महर्जनले मूलबाटो डटकमलाई जानकारी दिए अनुसार माघ १४ गते काठमाडौंको र १५ गते ललितपुर र भक्तपुरको भेला गर्ने कार्यक्रम रहेको छ । आम श्रमजीवि पत्रकारहरुको नेतृत्वदायी संगठन क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघको […]