काठमाडौं । पश्चिमी वायुको प्रभावले गर्दा गएरातिदेखि देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । देशको पश्चिमी क्षेत्रहरुमा अस्तिदेखि नै शुरु भएको वर्षा गएरातिबाट भने देशको मध्य र पूर्वी भागसम्म फैलिएको छ ।

मौसमविद्हरुले भने मंगलबार रातिबाट शुरु भएको वर्षा बुधबार मध्याह्नतिर केही समय रोकिएपनि बेलुकीपखबाट पुनः शुरु हुने बताएका छन् । बुधवार उपत्यकासहित देशभरि नै मौसम बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताइएको छ । काठमाडौं उपत्यकाको उच्च पहाडी क्षेत्र फूल्चोकी, चन्द्रागिरीलगायतका स्थानहरुमा हिमपात भएको मौसम पूर्वनुमान महाशाखाले जानकारी दिएको छ ।

हार्दिक शुभकामना !

देशको पश्चिमी उच्च पहाडी क्षेत्रमा भारी हिमपात भइरहेकोे छ । देशका पश्चिमी भागमा भोलिसम्म यो प्रणालीले प्रभाव पर्ने छ । मंगलवारदेखि शुरु भएको वर्षाले अझै केही दिन निरन्तरता पाउने बताइएको छ । बिहीबार एक दिन यो प्रणाली हटेपनि शुक्रवारबाट पुनः पश्चिमी वायु सक्रिय हुने र त्यसको प्रभावले पानी पर्ने मौसमविद्हरुको भनाइ छ ।

देशका अधिकांश भू–भागमा वर्षा र हिमपात भइरहेकाले तापक्रम घट्ने र चिसो बढ्नेछ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष शून्य डिग्रीसम्म पुगेको थियो । बुधवार वर्षापछि चिसो बढे पनि यसवर्ष शून्य डिग्रीभन्दा तल नर्झने मौसमविद्हरुले बताए । महाशाखाको पछिल्लो विवरणअनुसार बुधवार काठमाडौंमा ८.१ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर