पर्वत । पर्वतका स्कूल तथा क्याम्पसमा अध्ययनरत विध्यार्थीहरु नेकपा (क्रान्तिकारी माओवाद)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा संगठित हुन थालेका छन् । हालै भएको एक कार्यक्रमका बीच जिल्लाको फलेवास नगरपालिका–४ मा रहेको श्री माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माविमा ५४ जनाको मुल ईकाई समिति गठन भएको छ । अनेरास्ववियु (क्रान्तिकारी) ले शैलेन्द्र विकको अध्यक्षतामा ५४ सदस्यीय मूल ईकाई समिति गठन गरेको हो ।
उक्त मुल ईकाई समितिको उपाध्यक्षमा सुमिति विश्वकर्मा, पवित्रा नेपाली, सचिवमा दिक्षा किरण शर्मा, सह–सचिवमा गौतम गौंड्याल, सह–सचिव विनिता शर्मा र कोषाध्यक्षमा सरिता शर्मा चयन भएका छन् ।
उक्त समितिका सदस्यहरुमा सरिता नेपाली, रविना शर्मा, सविना लामिछाने, गंगा नेपाली, मनिसा नेपाली, जमुना नेपाली, सुजता गौंड्याल, सौजन्या तिवारी, शर्मिला तिवारी, सुनिता माझी, रोजिना तिवारी, यसोदा शर्मा रहेका छन् ।
यस्तै अन्य सदस्यहरुमा त्रिसना कुँवर, निसा तिवारी सुसिला तिवारी, संगम तिवारी, सुदिप तिवारी, रुपेष क्षेत्री, सुर्दशन कुँवर, सन्दिप विक, प्रदीप सापकोटा, आशिष शर्मा पराजुली, मनिस गौंडेल अविन थापा, अजय बहादुर भण्डारी र सक्षम शर्मा रहेका छन् ।
समितिको सदस्यमा सुवास क्षेत्री, उज्जवल शर्मा, सुनिल सुवेदी, रोशन सुवेदी शर्मा, शंकर कुँवर, उदय भुसाल, तेजेन्द्र नेपाली, अर्जुन गौंडेल, सञ्जय नेपाली, आषिश पौडेल, अशोक नेपाली, सुदिप नेपाली, नारायण सापकोटा र सन्देश कार्की, प्रिति भुसाल, मेलिना पौडेल, अतिथी तिवारी, सन्ध्या लामिछाने, कविता तिवारी र गरिमा पौडेललगायत रहेका छन् ।
नव गठित ईकाई समितिले विद्यालयमा नयाँ नयाँ कामहरु गर्ने प्रतिवद्धता जनाएको छ । मुल ईकाई समितिको गठनपछि बसेको पदाधिकारीको बैठकले विद्यार्थीहरुको हकहितका लागि र विद्यालयको पढाई स्तर उन्नतिका लागि सहयोग गर्ने निर्णय गरेको छ ।
नवगठित समितिका अध्यक्ष शैलेश विश्वकर्माले अखिल क्रान्तिकारी अनेरास्ववियु (क्रान्तिकारी) को कार्यक्रम र संगठन विस्तार अभियानलाई जिल्लाव्यापी लैजान आफुहरु प्रतिवद्ध रहेको बताए ।