हेमन्तप्रकाश ओली ‘सुदर्शन’को पछिल्लो पुस्तक ‘दर्शनशास्त्रको इतिहास’माथि परिचर्चा हुने 

हेमन्तप्रकाश ओली ‘सुदर्शन’को पछिल्लो पुस्तक ‘दर्शनशास्त्रको इतिहास’माथि परिचर्चा हुने 

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनको पछिल्लो पुस्तक दर्शनशास्त्रको इतिहासमाथि परिचर्चा गरिने भएको छ । असार ३ गते बुधबार अनामनगरस्थित संवाद डवलीमा उक्त पुस्तकमाथिको परिचर्चा कार्यक्रम राखिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । कार्यक्रमको आयोजना अखिल (क्रान्तिकारी) र क्रान्तिकारी युवा संघ नेपालले संयुक्त रुपमा गरेका छन् ।

प्राप्त जानकारी अनुसार पुस्तकमाथि चर्चाका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल, माक्र्सवादी चिन्तक तथा लेखक गोपीरमण उपाध्याय, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेकपा (संयुक्त)का महासचिव घनश्याम भुसाल, जनादर्दन शर्मा प्रभाकर, नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल आहुति, नेकपा (मसाल)का नेता समिरसिंह, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता परि थापा, प्रा.डा. जगदीशचन्द्र भण्डारी र समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह लगायतका नेताहरुलाई आमन्त्रण गरिएको पनि आयोजकहरुले जानकारी दिएका छन् ।