‘उपनिषद्हरूका पङ्क्तिमा भौतिकवादी उपनिषद्हरु’ नामक पुस्तकमाथि परिचर्चा कार्यक्रम सम्पन्न

‘उपनिषद्हरूका पङ्क्तिमा भौतिकवादी उपनिषद्हरु’ नामक पुस्तकमाथि परिचर्चा कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको इच्छुक प्रेक्षालयमा गोपीरमण उपाध्यायद्वारा लिखित उपनिषद्हरूका पङ्क्तिमा भौतिकवादी उपनिषद्हरु नामक पुस्तकमाथि परिचर्चा इच्छुक सांस्कृतिक प्रतिष्ठानले गरिएको हो। इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणी दुःखीको अध्यक्षतामा प्रतिष्ठानका निवर्तमान अध्यक्ष मित्रलाल पंगेनीले सञ्चालन गर्नु भएको समारोहमा स्वागत मन्तव्य भुँडिपुरण प्रकाशन गृहका केशव पराजुलीले गर्नु भएको कार्यक्रममा मुख्य वक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली कृत्तिकार गोपीरमण उपाध्याय समीक्षक प्रा डा जदीशचन्द्र भण्डारी, विनोद मञ्जन् लगायत थुप्रै उपनिषद् वाङ्मयका अभिरुची राख्ने विद्वानहरुको बाग्लो उपस्थिति रहेको थियो।

मुख्य वक्ता हेमन्त प्रकाश ओलीले एंगेल्सको उद्दरण सुनाउँदै हिजो आज पूर्वीय दर्शन वाङ्मयको अध्ययन नै गरेनन् भन्ने सुनिन्छ त्यो सही नभएको बताउनुहुँदै मार्क्स स्वयंले पुर्वलाई बुझ्न वेद अध्ययन गर्नै पर्छ भन्नु भएको बताउनु भयो । उहाँले मार्क्सवाद पुरानो नहुने, बरु मान्छेका सोच्ने सोच चिन्तन् पूरानो भएको बताउनु भयो। लोकतान्त्रिक गणतन्त्रले तीन बर्षसम्म जेलमा राखेको समयमा थुप्रै भेट्न गाएको स्मरण गर्दै कतिपयको सुुझाव पुरानोतिर कति मरिमेटेर लाग्ने अब झन्डा हल्लाएर हिँड्नु पर्ने बताएको पनि जानकारी दिनुभयो । तर मोहन वैद्य किरणले शास्त्रीय अध्ययनमा लाग्न प्रेरित गर्नुहुँदै केही पुस्तक अध्ययन गरियो र केही पुस्तक बजारमा आइपुगेको पनि जानकारी दिनुभयो । हामीले पन्ध्र सोह्र देशमा समाजवादी क्रान्ति असफल हुनुको कारण खोजेर जवाफ दिनै पर्ने बताउँदै नयाँ पुस्तालाई थप गहिरो अध्ययन अनुसन्धानको लागि प्रेरित गरेर जानुपर्ने बताउँदै यो पुस्तकले त्यो आवश्यकतालाई जोड पुग्ने वताउनु भएको थियो।

समीक्षक प्रा डा जगदीशचन्द्र भण्डारीले नेपाली समाजमा अध्ययन अनुसन्धानको हिसावले खड्किएको बिषयलाई पुस्तकारको रूपमा प्रस्तुत गरिएकोमा बधाई तथा धन्यवाद दिदै प्रस्तुत पुस्तक ईसापूर्व सातौँ शताब्दीदेखि पहिलो सताब्दीसम्म समाज विकसका उपजलाई नेपालीकरण गर्न जोड नपुगेको दर्शाउँदै वास्तविक भाषिक विविधतालाई अलग थलग गर्न बाट जोगिनु पर्ने औल्याउनु भयो । पछिल्ला पिढीसम्म आईपुग्दा साहित्य वाङ्मयमा प्रतीक र बिम्बका रूपमा प्रस्तुत भएका पात्र प्रवृत्तिलाई वास्तविक मान्ने समस्या पैदा भएको चर्चा गर्नुहुँदै गीता रामायण महाभारत जस्ता कृतिहरुलाई वास्तविक जस्तै ठानिदिने प्रभाव र भ्रमलाई चिर्ने कृतिको खडेरी रहेको जानकारी गराउँदै उपनिषद् दास युगीन बौद्धिक उच्चतम् अभिव्यक्ति हो, कृष्ण कृषी युगीन अभिव्यक्ति हो भने गीता सामन्त युगीन अभिव्यक्ति। तसर्थ शाब्दिक भास्यलाई तोडमोड गर्नु पछिल्ला पिढी प्रति अन्याय थोपर्नु जस्तै हो भन्दै सचेत गराउनु भयो।

समीक्षक विनोद मञ्जनले गोपिरमण गुरुको प्राय कृतिहरूमा बैचारिक आग्रह पाईन्छ, त्यो बनाइनु हुँदैन भन्नेमा सचेत गराउँदै वान डाइमेनशनबाट मात्रै हिड्न खोज्यौँ भने सही लक्षमा नपुगिने बताउदै बौद्धिक सम्पति सबैको साझा हुने भएकाले पूर्व र पश्चिमको भनेर बिभाजन गरिन नहुने बताउँदै बौद्ध दर्शनको सत्कर्यवाद कारण बिना पनि कार्य हुन्छ भन्ने लाई चर्चा गर्दै अध्यात्मवादीहरुले ईश्वरको परिकल्पना अकारण गरेकोले अकारण पनि कार्य हुन्छ भनेर भनेको जानकारी दिएका थिए। गुरुको यो पुस्तक पठनीय छ, जति खोतल खातल गरेर ल्याउन पर्थ्यो, त्यो अलिक नपुगेको सुझाव दिनु भयो।

कृतिकार गोपीरमणले पुष्पलालले उपनिषद् लगायतका विषयमा विद्यावारिधीको लागि प्रेरीत गर्नु भएकोमा छ ओटा कृति लेखेर पूरा गर्न सकेकोमा खुशी व्यक्तगर्नु भयो। समीक्षक तथा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै प्रस्तुत कृति उत्पादन सम्बन्ध र उत्पादक शक्तिको अभिन्न सम्बन्धको उपाज हुन् प्राप्त सुुझावलाई पछिल्ला कृतिमा समेट्ने सकिने बताउदै ईच्छुक सांस्कृतिक प्रतिष्ठानले यस्तो भव्य परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा खुशी हुँदै बधाई दिनुभयो।

अन्तमा कार्यक्रमका अधयक्ष हिरामणी दुखीले प्रस्तुत पुस्तकमा शीर्षक र पुस्तकभित्र पस्किएका अन्तर्वस्तुबीच तादात्म्यता नभएको र अन्तर्वस्तुभित्र सरसर्ती जानकारी भएअनुसारको व्याख्या नपुगेको दर्शाउँदै आउँदा कृतिमा व्याख्या सहित थप नयाँ कृतिको आशा व्यक्त गर्नुभयो।