इटहरीमा सुकुम्बासीमाथि भएको राज्यदमन र राष्टघातका विरुद्धमा प्रदर्शन

इटहरीमा सुकुम्बासीमाथि भएको राज्यदमन र राष्टघातका विरुद्धमा प्रदर्शन

काठमाडौं । क्रान्तिकारी कम्युनिस्टपार्टी नेपाल १५ नम्बर क्षेत्रीय ब्यूरोको आयोजनामा आइतबार २०८३ जेष्ठ ३० गते ईटहरीमा सुकुम्बासीमाथिको राज्यको दमन र प्रधानमन्त्रीले संसदमा दिएको नेपालले भारतको सीमा मिचेको छ भन्ने राष्ट्रद्रोही अभिव्याक्तिको बिरोधमा बिरोधसभा सम्पन गरेको छ ।

उक्त बिरोध कोणसभाको संचालन पार्टीका इटहरी ईन्चार्ज पदम तामाङ्गले गर्नुभएको थियो । वक्ताहरू सुनसरी पार्टी सचिव पारस लिम्बू , जिल्ला सदस्य पेमा लामा, क्रान्तिकारी किसान महासंघ केन्द्रीय सचिवालय सदस्य बालकृष्ण सुवेदी, क्रान्तिकारी कम्युनिस्टपार्टी नेपालका पोलिटब्यूरो सदस्य सिताराम बुढथोकीले सम्बोधन गर्नुभएको थियो । सुकुम्बासी किसानका बारेमा प्रकाश पार्दै देशको सिक्किमीकरणको खतरा रहेकोमा जनसमुदायलाई सचेत र सजग रहन आव्हान समेत गर्नु भएको थियो ।