ट्याक्टर भिरबाट खस्दा १८ वर्षीय चालकको मृत्यु

ट्याक्टर भिरबाट खस्दा १८ वर्षीय चालकको मृत्यु

काठमाडौ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गए राति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग।१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए। ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको छ।

चालकको शव भने दुर्घटनास्थलभन्दा ७० मिटर तल फेला परेको प्रहरी निरीक्षक मानन्धरले बताए। मध्यरातमा दुर्घटना हुँदा उद्धारमा केही समस्या भएको थियो। अहिले शवलाई भिरबाट निकालिएको छ।

दुर्घटना राति १ बजेतिर भएको हो। दुर्घटना भएको केही समयमै घटनास्थलमा पुगेर खोजतलास गर्दा चालकको शव फेला परेको प्रहरीले जनाएको छ।

ट्याक्टरमा चालक मात्रै सवार रहेको पाइएएको छ।