‘अरुण–३ परियोजना नेपालीहरु आफैंले बनाउनुपर्छ’

खाँदबारी । जिल्ला सदरमुकाम खाँदबारीबाट ढिलोगरी प्राप्त समाचार अनुसार २५ पौषमा पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेकपा (माओवादी) ले संयुक्त रुपमा अरुण–तेस्रोको विषयलाई लिएर विरोध प्रदर्शन तथा सभा गरे । क्रान्तिकारी माओवादीका किरात राज्य इन्चार्ज मिनकुमार राउतले संचालन गरेको कार्यक्रमको अध्यक्षता विप्लव माओवादीका पदम राईले गरेका थिए भने मसालका हेमराज […]

सीआईबीद्वारा ३४ किलो सुन काण्डमा भन्सारका दुई अधिकृत पक्राउ

काठमाडौं । एयर अरेबियाको विमानबाट बरामद गरिएको ३४ किलो सुनकाण्डमा दुई जना भन्सार अधिकृत पक्राउ परेका छन् । नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध सुन तस्करीमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका भन्सार अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाल पक्राउ परेको जनाइएको छ ।  दुबईबाट ल्याइएको ३४ किलो अवैध सुन त्रिभुवन बिमानस्थलको भन्सारबाट […]

पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता साहलाई मातृशोक

लहान । पूर्वमन्त्री तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री विश्वनाथ साहलाई मातृ शोक परेको छ । साहकी आमा ९६ वर्षीय सागरदेवी साहको सिरहाको गोलबजार नगरपालिका–४ स्थित आफ्नै घरमा बुधबारराति निधन भयो ।  मुटु र दम रोगबाट लामो समयदेखि पीडित सागरदेवीको राति करिब ९ बजे निधन भएको हो । उनको बिहीबार नै अन्तिम संस्कार […]

नाक र छालाका आधारमा प्रदेश सीमांकन घातक : भण्डारी

रोल्पा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जातीय आधारमा प्रदेशको सीमांकन घातक हुने बताएका छन् ।  सांसद समेत रहेका भण्डारीले नाक र छालाका आधारमा प्रदेशको सीमांकन गर्न नहुनेमा जोड दिए । ५ नं प्रदेश विभाजनविरुद्ध रोल्पाको लिवाङमा भएको सभामा नेता भण्डारीले हिमाल, पहाड र तराईलाई कुनै पनि हालतमा एक हुन नदिने बीउ रोपिन लागेको […]

महिलाबाटै बलात्कृत भइन् महिला ! यस्तो छ घटनाक्रम

काठमाडौं । सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ ।  अनौठो तथ्यसहित जिल्ला अदालत संखुवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ आयाम थपेको हो । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको १ (घ) ले महिलाले महिलालाई […]

वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन

काठमाडौं । वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका पत्रकार उपाध्यायको ९४ वर्षको उमेरमा हृदयघाटका कारण बुधबारराति निधन भएको हो । उनी राजधानीस्थित गंगालाल अस्पतालमा एक वर्षदेखि उपचाररत थिए । उपाध्यायको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाल पत्रकार महासंघले जनाएको छ । उनले तत्कालीन पत्रकार संघमा २०४३ […]

जिप दुर्घटनामा १५ जना घाइते, २ जनाको गम्भीर

डडेल्धुरा । डडेल्धुरामा बुधबार साँझ भएको जिप दुर्घटनामा १५ जना घाइते भएका छन् ।  डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकामतर्फ जाँदै गरेको से १ ज ७८७ नंको जिप गणेशपुर गाविसको सिमलपुर गाउँमा दुर्घटना भएको हो ।  दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ […]

पुनःनिर्माणमा सरकारी असफलता छोप्न सीईओलाई बनाईयो ढाल

काठमाडौं । भूकम्प गएको डेढ वर्ष बढी हुँदा पनि भूकम्पपीडितको समेत ब्यवस्थापन गर्न नसकेको सरकारले आफ्नो असफलताको ढाल राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई बनाएको छ । संसदवादी दलहरुले आपसी खिचातानीका कारण भूकम्प गएको महिनौं दिनसम्म पनि पुनःनिर्माण प्राधिकरणको सीईओ चयन गर्न सकेन । आफ्नो दलको नजिकको मान्छेलाई सीईओ बनाउने खेलमा संसदमा रहेका प्रमुख तीन […]

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवाली बर्खास्त, डा.पोख्रेल नयाँ सीईओ

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली बर्खास्त भएका छन् । ज्ञवालीलाई बर्खास्त गर्दै सरकारले योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोबिन्द पोखरेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीले बुझाएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गरेर पोख्रेललाई नियक्त गर्ने निर्णय गरेको हो । सरकारले यसअघि नै ज्ञवालीलाई स्पष्टिकरण सोधेको थियो । […]

लोकमानको जस्तै अहिलेको सरकारको पनि योग्यता अपुग : ओली

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्र र काँग्रेसको अपवित्र गठबन्धनबाट अहिलेको सरकार निर्माण भएकाले अहिले जनताले त्यसकै परिणाम भोग्नु परेको बताएका छन् ।  ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको पनि टिप्प्णी गरे । उनले सरकारको योग्यता नै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग […]