दोलखा । दोलखामा जन्ती बाकेको बस दुर्घटनामा पर्दा ३५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका–४, मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली तर्फ जानको लागि तयार भएको बा २ ख ३७६० नम्बरको बस स्टार्ट गर्ने बित्तिकै दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको दोलखाका प्रहरी निरीक्षक तथा प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । बिहेघर अगाडि नै बस दुर्घटना हुँदा करिब ३५ जना घाइते भएका छन् ।

हार्दिक शुभकामना !

तामाकोशी गाउँपालिका वडा नम्बर–४ का कुमोदराज योगी, ४९ वर्षीय उद्धव पोखरेल, १७ वर्षीय टोप बहादुर मिजार र २२ वर्षीय रन्जीत मिजारलाई धुलिखेल अस्पताल शाखा किर्नेटारमा सामान्य उपचार गरी काठमाण्डौ पठाइएको हो ।

त्यसैगरी २४ वर्षीय विकास मिजार र तामाकोशी गाउँपालिका वडा नम्बर–५ का १७ वर्षीय सरोज खड्कालाई एम्बुलेन्सबाट काठमाण्डौ पठाइएको छ ।

घाइतेमध्ये १३ जनाको प्रस्तावित चरिकोट अस्पतालमा, ३ जनाको दोलखा सामुदायिक अस्पतालमा र ३ जनाको धुलिखेल शाखा अस्पताल किर्नेटारमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु प्राथमिक उपचार पछि घर फर्किएका दोलखा प्रहरीले जनाएको छ ।

बेहुला भने छुट्टै गाडीमा बसेका हुनाले सुरक्षित रहेको जनाइएको छ । ओरालोमा बस रोकिराखेकोले बस दुर्घटनामा परेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर