भीभो वाई सिरिजको नयाँ फोन नेपाली बजारमा

प्रकाशित मिति : २०७५ माघ ४

काठमाडौं । भीभोले नेपाली बजार आफ्नो तीनवटा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ‘वाई ९१ आई’, ‘वाई ९१’ र ‘वाई ९५’ यही जनवरीको अन्तिम साता सार्वजनिक गर्ने भएको छ ।

भीभो वाई ९१ आई र ९१ मा ६.२२ इन्चको एचडी प्लस हालो फूलभ्यू डिस्प्ले छ भने १३ प्लस २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा पनि छ । यो स्मार्टफोनको पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर पनि राखिएको छ । यी दुवै स्मार्टफोन वाटरड्रप नोच डिजाइनमा आउनेछन् ।

भीभो वाई ९१ आईमा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने ४०३० एमएएचको ब्याट्री प्याक रहेको छ । भीभोले अर्को स्मार्टफोन पनि बजारमा ल्याउने तयारी गरेको छ, जुन वाई ९१ आई र वाई ९१ भन्दा माथिल्लो रेन्जको स्मार्टफोन हो । यो स्मार्टफोनमा पनि वाई ९१ को जस्तै स्पेसिफिकेशनहरू रहेका छन् । तर, यसमा क्वालकम स्न्यापड्रागन ४३९ अक्टा कोर प्रोसेसर राखिनुका साथै ४ जीबी ¥याम र ६४ जीबीको इन्टरनल स्टोरेज रहनेछ ।