स्कारपियोमा लुकाएर ल्याइरहेको बहुमुल्य पत्थरसहित ५ जनालाई पक्राउ

स्कारपियोमा लुकाएर ल्याइरहेको बहुमुल्य पत्थरसहित ५ जनालाई पक्राउ

काठमाडौं । स्कारपियोमा लुकाएर ल्याइरहेको अवस्थामा बहुमूल्य पत्थरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटेको एक टोलीले शुक्रबार राति वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेका बा.१९ च ३५७२ नम्बरको स्कारपियोमा सवार सुर्खेतका भीमबहादुर सुनार, नविन कँडेल, सुरेन्द्र शाही, सुर्खेत बराताल बस्ने भक्तबहादुर पाण्डे र तेजेन्द्र बस्नेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरिक्षक (असई) विजय पुनको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ पर्नेहरुका साथबाट स्कारपियोमा लुकाएको अवस्थामा साढे ११ किलोको बहुमूल्य पत्थर बरामद गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको बताएको छ ।