ललितपुर । बुधबार राति ललितपुरको कुमारीपाटीस्थित इन्भेस्टमेन्ट बैंकको एटीएमबाट पैसा निकालेर बाहिर निस्किएका ब्यक्तिलाई धारिलो हतियार प्रहार गरी लुटपाट गर्न खोज्ने एक जनालाई प्रहरीले लगनखेलबाट पक्राउ गरिएको छ । प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ गरेको र निजबाट धारिलो हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको रानीगञ्ज, घिमिरे चोक स्थायी घर भएका २८ वर्षीय गोपाल दयाल रहेका छन् । दयालको साथबाट प्रहरीले खुकुरी १ थान र खुर्सानीको धुलो एक पोका बरामद गरेको छ । खुकुरी लागि घाइते भएका ब्यक्तिको पाटन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । दयाललाई महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार