२५ बुँदे राष्ट्रघाती सम्झौताका विरुद्ध अब सडकमा उत्रनुपर्छ : अध्यक्ष वैद्य

काठमाडौं, २० असाेज । भारत भ्रमणको क्रममा ३१ भदौंमा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारतीय शासक वर्गसँग गरेको २५ बँुदे सम्झौता राष्ट्रघाती रहेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले त्यसका विरुद्ध अब सडकमा उत्रनुपर्ने बताएका छन् । उनले सच्चा देशभक्त र गणतन्त्रवादीहरु मिलेर राष्ट्रघातका विरुद्ध लड्नुको विकल्प नरहेको उल्लेख गरे । २० असाेजमा देशभक्त […]

धनगढीमा डाइलासिससहितको स्वास्थ्य सेवा सुरु

धनगढी । सेती अञ्चल अस्पताल धनगढीमा डायलसिस सेवा दिने गरी हेमो—डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ । स्वास्थ्य मन्त्रालय र मानव अंग प्रत्यारोपण केन्द्रको सहयोगमा पहिलोपटक यो सेवा सुरु भएको हो । होमो—डायलसिस सेवा किड्नीको उपचारसम्बन्धी सेवा हो ।  यस्तै एचआइभी भाइरल लोड सेवा एचआइभीको आधुनिक जाँच सेवा हो । […]

विश्व बैंकको साधारण सभामा भाग लिन महरा अमेरिका प्रस्थान

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा अमेरिकास्थित वासिंगटन डिसीमा विश्व बैंकको साधारणसभामा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री महराले यही असोज २० देखि २३ गतेसम्म हुने विश्व बैंकको साधारणसभा भाग लिने र उनले नेपालका तर्फबाट आगामी असोज २० गते साधारणसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यहाँ रहँदा अर्थमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका लागि […]

गुलरियामा च्याउ खेती तालिम सम्पन्न

गुलरिया । बेरोजगार युवायुवती एवम् कृषक समूहका सदस्यका रोजगारीको अवसर सिर्जना गराउने र आम्दानी बढाउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले तीनदिने च्याउ खेतीसम्बन्धी तालिम गुलरियामा सम्पन्न भएको छ । तालिममा मैनापोखर, मगरागडी, वगनाहा, राजापुर, गुलरिया, तारातालबाट आएका बेरोजगार युवा सहभागीलाई गोब्रे च्याउखेती प्रविधिको परिचयको महत्वका बारेमा वरिष्ठ कृषि विकास अधिकृत तथा कार्यालय प्रमुख परशुराम रावतले […]

पोखरीमा डुबेर एक युवकको ज्यान गयो

लहान । सिरहाको इटर्वामा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटर्वा–७ निवासी २४ वर्षीय अनुज यादव रहेका छन् । घरनजिकै रहेको पोखरीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । यस्तै, सिरहाको सुखीपुर नगरपालिका–९ निवासी ७० वर्षीया डोमी साहको अचानक लडेर मृत्यु भएको छ । लहान नगरपालिका– १४ […]

गजुरेलसहितका माओवादी नेताद्वारा डा.केसीका मागप्रति ऐक्यबद्धता प्रकट

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेल गौरवसहितका नेताहरुले अनशनरत डा.गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । डा.केसीको अनशनमा ऐक्यवद्धता जनाउनका लागि क्रान्तिकारी माओवादी वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष गजुरेल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हस्तबहादुर केसी र देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल त्रिवि शिक्षण अस्पताल पुगेका थिए । […]

नेपाल–भारत सन्धि पुनरावलोकनबारे दिल्लीमा छलफल

काठमाडौं । नेपाल–भारत प्रवुद्ध समूह (आईपीजी) को बैठक मंगलबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा शुरु हुने भएको छ । काठमाडौंमा भएको समूहको पहिलो बैठकको तीन महिनापछि दिल्लीमा दोस्रो बैठक बस्न लागेको हो । काठमाडौंमा बसेको पहिलो बैठक भने औपचारिकतामा मात्रै सीमित भएको थियो । दिल्लीमा मंगलबारदेखि शुरु हुने आईपीजी बैठकमा नेपाल–भारतका विभिन्न समयमा भएका सन्धि सम्झौताहरु […]

कालोबजारी नियन्त्रण गर्न नयाँ ऐन, २० वर्षसम्म कैदको व्यवस्था

काठमाडौं । सरकारले कालोबजारी नियन्त्रण गर्नका लागि नयाँ ऐन ल्याउने तयारी गरेको छ । कालोबजारी व्यापक भइरहँदा पनि त्यसलाई निउन्त्रण गर्न सरकार असफल भएको आरोप लागिरहेका बेला सरकारले नयाँ कानुन ल्याउने तयारी गरेको हो । सरकारले बजार व्यवस्थापन, अखाद्य वस्तु बिक्री वितरण रोक गर्ने, अनियमितता र कालोबजारी गर्नेहरुलाई कडा कारवाही गर्ने गरी नयाँ कानुन ल्याउने […]

लीलामणि चीनका राजदूतमा सर्वसम्मत, दीपकुमारलाई रोक

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेललाई संसदीय सुनुवाइ विशेष समितिले सर्वसम्मत अनुमोदन गरे पनि भारतका लागि प्रस्ताव गरिएका राजदूत दीपकुमार उपाध्यायको नाम भने सर्वसम्मत अनुमोदन हुन सकेन । एमाले र राप्रपा नेपालले समर्थन नगरेपछि उपाध्यायलाई सर्वसम्मत हुन नसकेका हुन् । सर्वसम्मत अनुमोदन नभएपछि उपाध्यायलाई समितिको आइतबारको बैठकमा बहुमतले अनुमोदन गरेको छ । संसदीय […]

अन्ततः यातायात व्यवसायी झुके, आजदेखि टिकट बुकिङ

काठमाडौं । विभिन्न माग राख्दै दशैंमा यातायात सञ्चालन नगर्ने अडानसहित टिकट बुकिङ बन्द गरेका व्यवसायी अन्ततः झुक्न बाध्य भएका छन् । दशैंमा घर जाने यात्रुहरुका लागि टिकट नपाएको गुनासो आएपछि सरकारी तथा स्कुल बसले यात्रु ओसार्ने निर्णय भएसँगै व्यवसायीले पनि टिकट बुकिङ खुल्ला गरेका हुन् । गाडीको क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना बढेको भन्दै ट्राफिक […]