राजदूत लकी शेर्पाको कुरा साइँयसुइँय

राजदूत लकी शेर्पाको कुरा साइँयसुइँय

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लकी शेर्पाको कुरा एकताका निकै चर्चामा आए पनि अहिले साइँयसुइँय भएको छ । जनताका आँखा र कान त केही टाठा भएका छन् र सोधनी गर्छन् लकी शेर्पाको भाग्य के भयो भनेर । तर सरकार भने कानमा तेल हालेर बसेको छ । कताकता मन्त्रीमण्डलको बैठकबाट उनलाई फिर्ता बोलाइयो भन्ने पनि सुनिन्छ । तर केपी ओली सरकारको सूचना लुकाउने नियमले यो कुरा बाहिर आउन पाएको छैन । देश र जनता अनभिज्ञ छन् ।

एकादुकान भने अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त नगरिएको तर राजिनामा दिन सुझाव दिइएको पनि चर्चा चलेको सुनिन्छ । तर सोमबार साँझ एक्कासी मन्त्रिपरिषद बैठकले राजदूत शेर्पालाई बर्खास्त गर्यो भन्ने पनि समाचारमा नआएको होइन । नेकपाका वरिष्ठ नेताहरुसमेत् प्रधानमन्त्री केपी शर्मा र पुष्पकमल दाहालको खेल हो के भएको छ भनेर टार्ने गरिरहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले दाहाललाई तपाईको मान्छेलाई तपाईंले नै संझाएर मिलाउनूस् भनेको उनका स्वकीय सचिवहरु बताउन थालेका छन् । राजदूत शेर्पालाई उनकै पूर्वचालक वाङ्छु शेर्पाले मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा तानिएकी थिइन् । त्यसपछि उनलाई नेपाल झिकाइएको थियो ।

उनीमाथि छानबिनका लागि गठित छाबिन समितिले उनलाई राजदूत कायमै राख्न उचित नभएको सुझाव दिएको थियो ।