प्रेस सेन्टरको अध्यक्ष दाहाललाई बनाउने प्रस्तावपछि प्रचण्डविरुद्ध हुटिङ

काठमाडौं । नेकपा (माके) निकट पत्रकार संगठन प्रेस सेन्टरको अध्यक्ष महेश्वर दाहाललाई बनाउने प्रस्ताव आएपछि बन्दसत्रमा हुटिङ भएको छ । माकेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रलाई सम्बोधन गर्दै अहिलेकै नेतृत्वलाई निरन्तरता दिने वा नयाँ लाई ल्याउने विकल्प भएपनि सिनियरलाई ल्याउनुपर्ने बाध्यता भएको भन्दै महेश्वर दाहालतर्फ लक्षित गरेपछि प्रतिनिधिहरुले त्यसलाई अस्विकार गरेका छन् । उनले केही […]

‘दशैंमा टिकटमा व्यवसायीको दादागिरी, सरकार मुखदर्शक’

काठमाडौं । नेकपा एमालेका नेता रविन्द्र अधिकारीले दशैंमा घर जाने यात्रुमाथि व्यवसायीले टिकटमा दादागिरी देखाउँदा पनि सरकार मुखदर्शक बनेको बताएका छन् । शुक्रबार संसद बैठकमा बोल्दै नेता अधिकारीले दशैंमा घर जाने यात्रु समस्यामा पर्दा पनि सरकार बेखबरजस्तो देखिएको बताए । दशैंमा घर जानको लागि नागरिकहरु टिकट खोजिरहेपनि व्यवसायीको दादागिरीका कारण टिकट पाउन नसकेको बताए । […]

राजमार्गमा वर्षौदेखि गैरकानुनी ढाट, अवैध असुलीमा प्रशासन मौन

चितवन । नेपाल सरकारले मुख्यराजमार्ग (हाइवे) मा सडक विभागको बाहेक अन्य कुनै पनि ढाट (तगरा) हरु राख्न नपाइने नियम बनाएको वर्षौ बितिसकेको छ । तर सरकारको नियमको बर्खिलाप हुनेगरी चितवनको नारायणगढ मुग्लिन सडक खण्डको रामनगर र भरतपुर हेटौडा सडक खण्डको भरतपुरकै गोन्द्रामा भने अहिले पनि मुख्य राजमार्गको छेउमा घुम्ती राखी अवैध असुलीको काम भईरहेको छ […]

सचिर महर्जनको नेतृत्वमा क्रान्तिकारी पत्रकार महासंघ नेवाः राज्य समिति गठन

काठमाडौं । पत्रकार महर्जनको संयोजकत्वमा क्रान्तिकारी पत्रकार महासंघ नेवाः राज्य समिति पुर्नगठन भएको छ । राजधानीमा शुक्रबार भएको विशेष भेलामार्फत महर्जनको नेतृत्वमा समिति पुर्नगठन गरिएको हो । समितिको सचिवमा सिर्जन ढकाल रहेका छन् भने सदस्यहरुमा कुमार भट्टराई, अनित पाण्डे, युवराज अर्याल, गोपाल दास श्रेष्ठ, सानुकाजी महर्जन, टंकप्रसाद रेग्मी, प्रकाश भण्डारी, रिदेन महर्जन, सरोज डंगोल, तीर्थमान […]

त्रिशुलीमा डुबेको गाडी भेटियो, पूर्वगृहमन्त्री घिमिरेको अवस्था अज्ञात

चितवन । जीप दुर्घटनामा परी वेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरेको अवस्था अझै अज्ञात रहेको छ । घिमिरेको खोजीमा रहेका गोताखोरको टोलीले त्रिशुली नदीमा डुबेको अवस्थामा एउटा गाडी फेला परेको जनाएको छ । दुर्घटनास्थल मुग्लिनको घोप्टेभीरबाट करिब १०÷१५ मिटर तल नदीमा डुबेको अवस्थामा खोज टोलीले गाडी फेला पारेको चितवन प्रहरी प्रमखु वसन्त कुँवरले बताएका छन् । […]

सार्कको शिखर सम्मेलन निर्धारित मितिमा नै गर्न नेपालको प्रस्ताव

काठमाडौं । नेपालले सार्क शिखर सम्मेलन निर्धारित मितिमा नै गर्न आग्रह गरेको छ । सार्कको अध्यक्ष राष्ट्र नेपालले सार्कको १९ औं शिखर सम्मलन निर्धारित मितिमा नै गर्नका लागि सार्क सदस्य राष्ट्रलाई सहभागिता सुनिश्चितताको लागि आग्रह गरेको हो । भारत, बंगलादेश, भुटान र अफगानिस्तानले पाकिस्तानमा हुने सार्क सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराएपछि सार्कको वर्तमान अध्यक्ष […]

लोकदोहोरीको अध्यक्षमा बद्री पंगेनी निर्वाचित

काठमाडौं । ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को अध्यक्षमा लोकगायक बद्री पंगेनी निर्वाचित भएका छन् । प्रतिष्ठानको काठमाडौंमा सम्पन्न छैठौं महाधिवेशनबाट पंगेनी अध्यक्षमा निर्वाचित भएका हुन् । विष्णु खत्री भन्दा ३८० बढी मतले पंगेनी विजयी भएका हुन् । पंगेनीले ८८८ मत ल्याएका थिए भने खत्रीले ५०८ मत पाए । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रमेश बिजी, […]

काठमाडौंको लुम्बिनी गेष्ट हाउसमा महिलाको हत्या

काठमाडौं । काठमाडौंको भोटेबहालस्थित लुम्बिनी गेष्ट हाउसमा एक महिलाको हत्या भएको छ । काठमाडौं महानगरपालिका–२२ भोटेबहालस्थित लुम्बिनी गेष्ट हाउसमा दोलखा वावरे–९ घर भएकी ४८ वर्षीया राधिका थापाको हत्या गरेको अवस्थामा शव फेला परेको छ । राधिका सोमबार विहानदेखि सो गेष्ट हाउसमा एक पुरुषका साथमा बस्दै आएकी थिइन् । कोठा बुक गरी बसेकोमा थापालाई उनले लगाएको […]

वैद्य माअाेवादीले सुरू गर्याे जुवा कब्जा अभियान

११ असोज, दैलेख । नेकपा (क्रान्तिकारी माओवादी) ले जिल्लामा जुवा कब्जा अभियान सुरू गरेको छ । दशैं तथा तिहारको समयमा रक्सी र जुवाले गाउँमा विकृति ल्याउने भएकाले रक्सी तथा जुवा नियन्त्रण अभियान चलाएको क्रान्तिकारी माओवादी दैलेखले जनाएको छ । ‘दशैं तथा तिहारमा मानिसहरूले जुवा खेलेर घर परिवारको उठिबास लाग्ने भएकाले जुवा नियन्त्रणा अभियान सुरू गरेका हौँ’ […]

पार्किङ गरिएको गाडीको सिसा फुटाएर २५ लाख चोरी

विराटनगर । विराटनगरमा पार्किङ गरिराखेको गाडीबाट २५ लाख रुपैयाँ चोरी भएको छ । तेह्रथुमस्थित माउन्ट मकालु बैंको को १ त ८०१९ नम्बरको गाडी बुधहाटस्थित बी–प्लट भवनको छेउको पार्किङ स्थलमा रोकी राखिएको अवस्थामा सिसा फुटाएर सो रकम चोरी भएको हो । तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैंकबाट आएका कर्मचारीले विराटनगरस्थित माछापुच्छे बैंकबाट रकम साटेर स्थानमा गाडी पार्किङ […]