४ अर्ब २५ करोड भ्रष्टाचारका आरोपी पर्यटनमन्त्री अधिकारीलाई कारबाहीको सिफारिश

४ अर्ब २५ करोड भ्रष्टाचारका आरोपी पर्यटनमन्त्री अधिकारीलाई कारबाहीको सिफारिश


काठमाडौं । नेपाल वायु सेवा निगमको वाइडबडी प्रकरणमा ४ अर्ब २५ करोडभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै छानविन समितिले पर्यटनमन्त्री रविन्द्र अधिकारीलगायत तीन सचिवलाई कारबाही गर्न सिफारिश गरेको छ । वाइडबडीबारे छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री सहित तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको हो ।

समितिका एक सदस्यका अनुसार करिव ४ अर्ब २५ करोड भ्रष्टाचार भएको ठहरसहित ३८ पेजको प्रतिवेदन तयार पारिएको छ । समितिको राति अवेरसम्म चलेको बैठकले मन्त्री अधिकारी, सचिव कृष्णप्रसाद देवकोटालाई कारबाही गर्न सिफारिस गरेको छ । पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि कारबाही सिफारिस गरिएको छ ।

तत्कालीन पर्यटन सचिवहरु प्रेम राई (हाल गृह सचिव) र शंकर अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरिएको स्रोतले जनाएको छ ।
समितिले वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशारकारलाई पनि तत्काल निलम्बन गरी कारबाही गर्न सिफारिस गरेको छ ।
नेपाल वायु सेवा निगमले किनेको दुई वटा बाइडवडी जहाजमा भएको भ्रष्टाचारका विषयमा अध्ययन गर्न लेखा समितिका राजेन्द्र केसीको नेतृत्वमा उपसमिति बनाइएको थियो । उपसमितिको प्रतिवेदन बुधबार पेश गर्ने तयारी गरेको छ ।