टोट्टनह्याम इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उग्लियो, कार्डिफ ३–० ले पराजित

प्रकाशित मिति : २०७५ पुस १८

काठमाडौं । जारी इंग्लिस प्रिमियर लिग फुटबलमा टोट्टनह्यामले कार्डिफ सिटिलाई पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा टोट्टनह्यामले कार्डिफकै आफ्नो घरेलु मैदानमा ३–०को जित निकालेको हो । टोट्टनह्यामका लागि ह्यारी केन, क्रिष्टियन इरिक्सेन र सोन हेयुङ मिनले समान १–१ गोल गरे ।

खेलको सुरुवाती ३ मिनेटमै ह्यारी केनले गोल गर्दै टिमलाई अग्रता दिलाए थिए भने खेलको १२ औं मिनेटमा इरिक्सेनको गोलबाट टोली अग्रता दोब्बर बनाएको थियो । त्यसको केही मिनेट पछि नै मिनले अर्को गोल थप्दै पहिलो हाफको २६ औं मिनेटमा ३–० को स्थिति बनायो र यो स्कोर नै निर्णायक बन्यो ।

कार्डिफले पनि राम्रो राम्रो अवसर सिर्जना गरेपनि तर गोल परिणत गर्न सकेन । जितसँगै टोट्टनह्याम लिगको दोस्रो स्थानमा उक्लिएको छ । टोट्टनह्यामले २१ खेलबाट ४८ अंक बनाएको छ । पराजित कार्डिफको भने २१ खेलबाट १८ अंक मात्रै छ ।

लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको २० खेलबाट ५४ अंक रहेको छ । भने लिगको तेस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको २० खेलबाट ४७ अंक रहेको छ ।