काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तर्कबहादुर थापा मगरको हृदयघातका कारण मंगलबार राती २ बजे असामयिक निधन भएको छ । क्रान्तिकारी माओवादी कर्णाली प्रदेशका सदस्य समेत रहेका थापामगरलाई राती एक्कासी श्वास फेर्न गाह«ो भएपछि आकस्मिक रुपमा अस्पतलाल लैजाने तयारी गर्दै गर्दा दैलेखको भैरवी गापा चिसापानी स्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

हार्दिक शुभकामना !

थापाको निधनले सम्पूर्ण पार्टी र विश्व सर्वहारा मुक्ति आन्दोलनमा अतुलनीय क्षति पुगेको भन्दै क्रान्तिकारी माओवादी र शिक्षक संगठनले छुट्टाछुट्टै वक्तव्य जारी गरी थापाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै थापाको निधनबाट शोकाकूल बनेको परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा दैलेख इन्चार्ज दीपकबहादुर शाही र संगठनका केन्द्रीय अध्यक्ष विजयरत्न बज्राचार्यले वक्तव्य निकालेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर