काठमाडौं । गुरुङ समुदायको नयाँ पर्व ल्होसार हो । यस वर्ष गुरुङ समुदायले नयाँ वर्षको हर्षेल्लाससहित स्वागत गरेका छन् । पुरानोको बिदाइ पनि समीक्षसहित गरेका छन् । यी सबै काम ‘तमु ल्होसार’ पर्व मनाएर गरिएको छ ।

शब्दार्थका हिसाबले ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हो । यस अर्थमा ल्होसारलाई चलिरहेको वर्ष सकिने र अर्को नयाँ वर्ष आउने दिनको संझना र स्वागतमा मनाइन्छ ।

ल्होसार पर्वको मुख्य आधार सूर्यलाई मानिएको छ । सूर्यको किरणलाई आधार मानिएको यो पर्व गुरुङ बाहुल्य क्षेत्र र राजधानी सहर काठमाडौंमा निकै धुमधामका साथ मनाइयो । गण्डकी र धौलागिरिका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतमा गुरुङ समुदाएको बाहुल्य रहेको र यी जिल्लाहरुमा सूर्य उदाउँदा पहिलो किरण आउने विश्वास गन्छि ।

सूर्यको ताप तलमाथि र ढिलो चाँडोको ख्याल गरी यही ल्होसार पर्व तामाङ र शेर्पा जातिले भने ढिलो गरी माघ र फागुनमा मनाउँछन् । तर पौषदेखि फागुनसम्म ल्होसार पर्वको अवधिका रुपमा लिइन्छ ।

पौष १५ बाट रात छोटिदै जाने र दिन लम्बिदै जाने प्रक्रिया पनि सुरु हुन्छ । सूर्य उत्तरायण हुँदै आउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर