काठमाडौं । करोडौंको भ्रष्टाचार र अनियमितता गरेर ओली सरकार काठमाडौंमा बसिरहेका बखत वरिष्ठ चिकित्सक गोविन्द भने १६ औं सत्याग्रहका लागि इलाम पुगेका छन् । कहिले कर्णाली त कहिले इलाम पुगेर भए पनि केही जनपक्षीय काम होस् भनी लागि परिरहेको देखिन्छ । ओली सरकारले उनलाई आँखाको कसिंगर देखे तापनि उनले राखेका माग र गरेका कामप्रति जनताको चासो र समर्थन सदा रहिआएको छ ।

देश माफियाहरुको हातमा गयो, देशमा संस्थागत भ्रष्टार र कमिसन मौलायो, काठमाडौं बाहिरका जनताका लागि ओली सरकारको काम बन्ध्याकरण जस्तै भयो भनेर उनले आफ्नो अनसनलाई निरन्तरता दिने गरिहेका छन् । उनको निरन्तर अनसनमा जनताको निरन्तर साथ र समर्थन देखिन्छ भने बहुमत प्राप्त सरकारको विरोध र प्रदर्शनमा जनता होमिन थालेको देखिन्छ ।

हार्दिक शुभकामना !

डा. गोविन्द केसी विचारका हिसाबले संसदीय व्यवस्थाका पक्षधर मानिन्छन् । तर संसदीय व्यवस्था भन्दा पनि राम्रो व्यवस्था ‘समाजवाद’ ल्याउँछौं भन्ने ओली सरकार उनका अगाडि फिक्का र गफाडी साबित हुँदै गएको छ । यो निकै आश्चर्यको कुरा हो ।

देशको शिक्षा तथा स्वास्थ्य व्यवस्था माफियाको हातमा जान लागेकाले यसलाई सामुदायीकरण गर्नुपर्ने उनको दाबी छ । उनी शिक्षा तथा स्वास्थ्य सेवा कम्तिमा पनि जनताका हातमा आओस् र काठमाडौं बाहिर पनि फैलियोस् भन्ने सोचाइमा रहेका देखिन्छन् । तर ओली सरकार भने ‘विकास र समृद्धि’का नाममा माफिया तथा दलालहरुको पक्षमा शिक्षा तथा स्वास्थ्य विधेयक कार्यान्वयनको तयारी छ ।

‘विकास र समृद्धि’को नारा दिएर ‘समाजवाद’को स्थापना गर्न हिंडेका बताउने ‘कम्युनिष्ट’ भनेर नथाक्ने ओली सरकार दलाल र माफियाको पक्षमा देखिनु र केसी व्यक्तिगत रुपमा भए पनि देश र जनताका पक्षमा देखिनु जनताका लागि अनौठो भएको छ ।

सर्वसाधरणका बीचमा के धारणा रहेको छ भने संसदीय सोच र विचार भनेको धनीमानीहरुका लागि हो र कम्युनिष्टको समाजवादी सोच भनेको जनपक्षीय हो । तर ओली सकारको जनविरोधी दलाल तथा भ्रष्ट र कमिसनखोर चरित्रको सरकारका कारण जनतामा निकै भ्रम उत्पन्न हुन गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर