काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय समिति सदस्य हस्तबहादुर केसीलाई पितृशोक परेको छ । उहाँका बुवा दलजित खत्रीको ८९ वर्षको उमेरमा यही पौष १५ गते आइतवार बाँकेको शमशेरगञ्जमा निधन भएको छ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’द्वारा पार्टी केन्द्रीय समितिको तर्फबाट एक शोक वक्तव्य जारी गरिएको छ ।

हार्दिक शुभकामना !

वक्तव्यमा भनिएको छ– ‘यही २०७५ पौष १५ गते पार्टी समर्थक तथा शुभचिन्तक श्री दलजित खत्रीको ८९ वर्षको उमेरमा निधन भएको छ । उहाँ हाम्रो पार्टीको केन्द्रीय समितिका सदस्य कमरेड हस्तबहादुर केसीको पिता हुनुहन्छ ।’

दिवंगत खत्री आफ्नो जीवनभर पार्टी र क्रान्तिप्रति निष्ठावान र समर्पित रहेको उल्लेख गर्दै वक्तव्यमा खुलाइएको छ– ‘श्री दलजित खत्री रुकुमको पोखराबाट बाकेको शम्शेरगञ्जमा बसाइँ सर्नु भएको थियो । उहाँका दुई छोरा, दुई बुहारी, तीन छोरी, तीन ज्वाइ तथा नातिनातिनीहरु हुनुहुन्छ । उहाँले पार्टी र क्रान्तिको काममा सहयोग गर्दै आउनुभएको थियो ।’

खत्रीको निधनले सिंगो पार्टी दुःखित भएको जनाउँदै वक्तव्यको अन्त्यमा भनिएको छ– ‘उहाँको निधनबाट हामी निकै दुःखित भएका छौं । हामी पार्टी सर्मथक तथा शुभचिन्तक श्री दलजीत खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौं । साथै, हामी यस दुःखद घडीमा सबै शोक सन्तप्त परिवारजनप्र्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’

वक्तव्यको पूर्ण पाठ : 

यही २०७५ पौष १५ गते पार्टी समर्थक तथा शुभचिन्तक श्री दलजित खत्रीको ८९ वर्षको उमेरमा निधन भएको छ । उहाँ हाम्रो पार्टीको केन्द्रीय समितिका सदस्य कमरेड हस्तबहादुर केसीको पिता हुनुहुन्छ । श्री दलजित खत्री रुकुमको पोखराबाट बाकेको शम्शेरगञ्जमा बसाइँ सर्नु भएको थियो । उहाँका दुई छोरा, दुई बुहारी, तीन छोरी, तीन ज्वाइ तथा नातिनातिनीहरु हुनुहुन्छ । उहाँले पार्टी र क्रान्तिको काममा सहयोग गर्दै आउनुभएको थियो ।

उहाँको निधनबाट हामी निकै दुःखित भएका छौं । हामी पार्टी सर्मथक तथा शुभचिन्तक श्री दलजीत खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौं । साथै, हामी यस दुःखद घडीमा सबै शोकसन्तप्त परिवारजनप्र्रति गहिरो समवेदना प्रकट गर्दछौं ।

मोहन वैद्य ‘किरण’

प्रतिक्रिया

सम्बन्धित खवर