अंग्रेजी वर्ष सन् २०१८ हामीहरुबाट बिदा भएर गएको छ । यो वर्ष अरु वर्षहरुभन्दा कम चर्चाको वर्ष बनेन् । विश्व राजनीति र विश्व मानव समुदायका बीचमा देखा परेका प्रवृत्तिहरु र घटना क्रमहरुले यो वर्ष स्मरणीय बनाएका छन् ।

१. विश्व राजनीतिमा देखा परेका मूल प्रवृत्ति

हार्दिक शुभकामना !

क) साइबर युद्धको वर्ष :

यो वर्ष निकै प्रभावकारी साइबर आक्रमणको वर्ष बन्यो । विश्वभर ससाना साइबर ह्याक र शक्कितशाली राष्ट्रका सूचना चुहावट त भए नै । त्यो भन्दा ठूलो कुरा त रुसजस्तो एशियाली देशले अमेरिका जस्तो विज्ञान र प्रविधिको सबैभन्दा बढी विकास भएको विश्वको अति महाशक्ति साम्राज्यवादी देशमाथि प्रभावकारी साइबर आक्रमण गरेर ट्रम्पको विजय सुनिचित गराइ दियो । यसमा सामाजिक सञ्जालले निकै ठूलो भूमिका खेलेको छ । विश्व सञ्चार नेटवर्कका केन्द्र गुगल र फेसबुकहरु पटकपटक स्पष्टीकरणमा तानिए ।

ख) व्यापार युद्धको वर्ष :

सन् १९१८ शक्तिराष्ट्रबीचको व्यपार युद्धको वर्ष बन्यो । यो साम्राज्यवादी संघर्ष नयाँ रूप थियो । यसअघि पनि हुने गरेको व्यापार युद्ध यसवर्ष घोषित रुपमा नै देखा पर्यो । यसमा मूलतः चीन र अमेरिकाको प्रतिस्पर्धी धुरी देखियो । यो एक देशले अर्को देशमा उत्पादित सामानहरुमा बढाएको उच्च व्यापार करमा अभिव्यक्त भयो । अमेरिकाले मुख्यगरी चिनियाँ सामग्रीमा कर लगायो भने चीनले अमेरिकी सामानहरुमा । व्यापार युद्धलाई ट्रम्पले जित्न सजिलो युद्ध भनी व्याख्या गरेका थिए ।

अमेरिका र चीनबीच व्यापार युद्ध यतिसम्म चर्कियो कि क्यानडाले अमेरिकाको आग्रहमा चिनियाँ टेलिकम कम्पनी हुवावेकी आर्थिक प्रमुख मेङ वाङझाउ पक्राउ गर्यो भने चीनले क्यानडेली कुटनीतिज्ञ तथा व्यापारीहरुलाई देश निकालासम्म गर्यो ।

ग) ध्रुवीकरणको वर्ष :

यो वर्षमा विश्व ध्रुवीकरणले थप आकार ग्हण गर्यो । एकातिर अमेरिका संरक्षणवादी नीति लिएर एक्लै उभिन पुग्यो भने अर्कोतिर रुस र चीनलगायतका देशहरु सैन्य रुपमा नै एक ध्रुव बनाएर अघि बढेको देखा परे । आश्चर्यको कुरा त के पनि भयो भने युरोपले अमेरिका र रुससँग लड्नका लागि छुट्टै युरोपीयन सेना निर्माण गर्ने धम्की पनि दियो । फ्रान्सेली राष्ट्रपति म्याक्रोंले अमेरिकालाई चुनौती नै दिएका थिए । विश्व यो वर्ष मूलतः बहुध्रुवीय देखिन पुग्यो ।

२. घटनाक्रमहरु

क) उत्तर कोरियाको आणविक कार्यक्रम :

सन् २०१७ मा अमेरिकाको चिन्ताको विषय बनेको उत्तर कोरियाको आणविक कार्यक्रम सन् २०१८ मा निकै चर्चामा आयो । आणविक अस्त्र प्रयोग गरेर नै उत्तरकोरिया अमेरिकासँग वार्तामा गयो । निकै चर्चामा आएको सिंगापुर वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तरकोरियाली राष्ट्रपति किम आमनेसामने वार्तामा बसे । हेर्दा उत्तरकोरिया र अमेरिकाबीचको वार्ता जस्तो देखिए पनि यसले कोरियाली प्रायद्वीपमा करिब ७० वर्षदेखि रहेको उत्तर–दक्षिण कोरियाको दुस्मनीपूर्ण सम्बन्ध अन्त्य गर्ने काममा सकारात्मक बाटो खुलायो ।

ख) आईएस् र तालिवानको चर्चा

अफगानिस्तानमा शक्तिशाली रुपमा उदाएको तालिवान शासन ढालेपछि समस्या समाधान हुने छ भनी सोचेको अमेरिका आइएस् विरुद्धको लडाइँमा निरन्तर मुछिइरहेको छ । अफगानिस्तानमा अझैं ७० प्रतिशत भूभाग तालिवानको नियन्त्रणमा छ । काबुल सरकारको जम्मा ३० प्रतिशत भूभाग रहेको छ । तालिवान र आईएस लडाकुले यी क्षेत्रमा आफ्ना गतिविधिहरु चलाइरहेका छन् । हाल विश्वमा आईएस्को कतै न कतै उपस्थिति रहेको छ । सात वर्ष लामो सिरिया युद्ध सकिएको छैन ।

ग) यलोभेष्ट आन्दोलन

फ्रान्समा नोभेम्बर र डिसेम्बर महिनामा चलेको ‘यलो भेष्ट’ अर्थात् पहेंलो भेष्ट आन्दोलन एक सशक्त मजदुर आन्दोलनका रुपमा देखा पर्यो । यसको प्रभाव र विस्तार युरोपभर भयो । हप्तौंसम्म चलेको यो आन्दोलनको प्रकृति र उठाइएका एजेण्डाहरुलाई नियाल्दा कार्ल माक्र्सले कल्पना गरेको मजदुर आन्दोलनसँग मेल खान्छ । सर्सर्ती हेर्दा मूल्यवृद्धि, कर वृद्धि र सेवासुविधाका लागि गरिएको वा ट्रेड युनियनवादी आन्दोलन जस्तो देखिए पनि यसले वर्गीय आन्दोलनको छनक दिएको युरोपीय राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन् ।

अर्कोतिर जति पनि मजदूर अनुकुलन र मजदूर मैत्री तथा प्रजातन्त्र र मानव अधिकारको कुरा गरे पनि प्रतिक्रियावादी सरकार अन्ततः भीषण दमनमा आउँछ भन्ने कुरा यसले साबित गरेको छ । यलो भेष्ट आन्दोलन दमनका लागि म्याक्रोंको सरकारले डण्डा, अश्रुग्यास र रबरको गाली प्रहार गरेर निकै बल प्रयोग गर्यो । मजदूरहरुले पनि हप्तौंसम्म प्रतिरोध संघर्षलाई निरन्तरता दिएका थिए ।

घ) मिटु महिला आन्दोलन

महिला अधिकारका विष्यलाई लिएर यसवर्ष महिला अधिकारवादीहरुले ‘मिटु’ अर्थात् म पनि भन्ने विश्वव्यापी आन्दोलन चलाए । महिला अधिकार र न्यायको विषयमा केन्द्रित यो अभियानले महिला माथि दुव्र्यवहार गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पदेखि विश्वका उच्च र प्रतिष्ठित भनिने व्यक्तिहरुलाई माफी माग्न र कतिपयले र नजीनामा दिन पनि लगायो । यसले विश्वभर महिलामाथि भएका यौनहिंसाका विभत्स घटनाहरुलाई बाहिर ल्याउन सहयोग पुर्यायो र विश्व महिला जगतमा सचेतनाको लहर नै फैलायो । महिलाहरुले आफूमाथि भएको प्रताडना, यौन उत्पीडनका घटनाबारे खुलेर बोल्न सके ।

ङ) पत्रका खसोग्जीको हत्या

यो वर्ष पत्रकार र प्रेस जगतका लागि दुखको वर्ष पनि रह्यो । साउदी राजपरिवारका आलोचक रहेका पत्रकार जमाल खसोग्जीको टर्कीको इस्तानबुलस्थित साउदी दुतावासमा बेपत्ता पारियो । उनी साउदी नागरिक नै थिए । उनको हत्या र बेपत्ताको विषयलाई लिएर विश्वमा निकै बहस चले । साउदी राजपरिवारले दोषीमाथि आफ्नै देशमा कार्बाही चलायो । तर विश्वभर नै प्रजातन्त्रको ठेक्का लिएको भनिएको अमेरिकाले साउदी राजपरिवारसँग यो विषयलाई हतियार बेच्ने निहुँ बनायो । हाल अमेरिकाले मध्यपूर्वको संभाबित खतराको रुपमा साउदी अरबमा हतियार भण्डारण गरिरहेको छ ।

च) अमेरिकी सेना फिर्ती

संरक्षणवादी नीति लिएपछि अमेरिकाले विश्वका विभिन्न ठाउँहरुबाट पछि हट्ने निर्णय गर्दै गइरहेको छ । यसलाई राजनीतिज्ञहरुले कमजोर हुँदै गइरहेको साम्राज्यवादको रुपमा व्याख्या गरेका छन् भने कतिपयले यसलाई कमजोर होइन, ‘रिट्रिट’ वा शक्ति सञ्चय का लागि गरिएको भनी अथ्र्याएका पनि छन् । जे होस् अमेरिकी साम्राज्यवादले अब घर फर्कने पाइला चाल्न थालेको भने पक्का हो ।

संसारमा यसको एकलौटी दोहन सकिए पछि पनि यो बाध्यता आइलागेको हो । अमेरिकाले यो पाइला अफ्गानिस्तानबाट सुरु गरेको छ । कतिपयले त यो अफगानी सरकारसँग ट्रम्पले गरेको डलरको बार्गेनिङ पनि भन्ने गरेका छन् ।

यसका साथै अमेरिकी राष्ट्रपति ट्रम्पले त यदि विश्वमा कहीं पनि अमेरिकी सेनाको आवश्यकता पर्छ भने सेना लगेर प्रयोग गरेवापत् आवश्यक रकम वा डलर भुक्तानी गर्नुपर्ने माग सार्वजनिक रुपमा राखेका छन् । अब अमेरिका सेना बेचेर डलर कमाउने धन्दामा आकर्षित हुन थालेको बताइएको छ । यसको कारण हो पहिले जहाँ पुग्यो त्यहाँको स्रोत कब्जा गर्ने र अमेरिका भित्र्याउने मौका अब विश्वमा कहीं कतै पनि छैन । अमेरिका आएर मेरो देशको उद्दार गरिदिएको छ भनी मख्ख परेका देशहरु अमेरिकाको यो घोषित रुपमा नै सक्कली रुप देखेपछि ‘ट्वाँ’ परेका छन् । यसले अब ससाना राष्ट्रिय मुक्ति आन्दोलनका क्रमलाई अनुकूलता प्रदान गर्ने छ ।

छ) मेक्सिको पर्खाल

आप्रवासन विरोधी ट्रम्पको नीति र निर्णयका कारण अमेरिकाको संघीय बजेटसमेत पास हुन सकिरहेको छैन । ट्रम्पले संघीय बजेटसँगै मेक्सिकोको सीमानामा पर्खाल उठाउनका लागि आवश्यक ६ खर्ब डलरको बजेट पनि जोडेर अमरिकाका दुवै सदनमा स्वीकृतिका लागि पेश गरेपछि बजेट पास हुन सकेको छैन ।

विश्व आज खुल्ला परिवेशमा हिंडिरहेको बेला ट्रम्पको पर्खाल निर्माणले आप्रवासनको समस्यामा सहयोग पुर्यााउँछ भन्ने कुरा स्वयम् अमेरिकीहरु पनि विश्वास गर्दैनन् । तर ट्रम्प भने यसमा मरेर लागिपरेका छन् । यसले विश्व राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ ।

ज) अमेरिका–युरोप वाक युद्ध

सन् १९१८ को अर्को महत्वपूर्ण घटना भनेको अमेरिका र युरोपबीचको वायुद्ध हो । हालसम्म एउटै नीतिको छातामुनी रहँदै आएका उनीहरु बीचमा यो वर्ष तीतो झगडा भयो । यसले नेटोको सम्बन्धलाई पनि चिसो बनाएर लग्यो ।

अमेरिकाले युरोपका लागि सैन्य सहयोग नगर्ने, अमेरिकी सेना चाहिएमा डलर तिर्नुपर्ने, नेटो केही पनि काम नलाग्ने र अमेरिका अब अरुका लागि नलडिदिने भनेर राष्ट्रपति ट्रम्पले भने पछि फ्रान्सेली राष्ट्रपति म्याक्रोंले युरोपले आफ्नो छेट्टै सेना बनाउने र त्यो सेना अमेरिका र रुसी सेनासँग लड्ने भनी जवाफ पनि दिएका थिए ।

झ) ‘वान बेल्ट वान रोड’ इनिसिएटिभ

चीनले अख्तियार गरेको ‘वान बेल्ट वान रोड इनिसिएटिभ’ यो वर्षमा आएर प्रयोगको प्रक्रियामा लगियो । चीनको पुरानो सिल्करोडको अवधारणामा निर्मित यो नयाँ सोचले विश्व नै हल्लाएको छ । यसको योजनाअनुसार चीन विश्वमा भौतिक पूर्वाधारहरु जस्तै बाटोघाटो, सहर निर्माण, पुल तथा बन्दगाह, समुद्री व्यापारिक मार्गहरु निर्माण, हाउजिङ तथा उद्योग धन्दा र कलकारखाना र्निाणमा एकै साथ अघि बढिरहेको छ । यो योजना अन्तर्गत् संसारभका देशहरुका बीचमा र महादेशहरुका साथै महासागहरुका बीचमा सिल्क रोडले जोडिने योजना रहेको छ ।

ञ) संशोधनवादी कम्युनिष्टहरुको बेदखली

यो वर्ष संशोधनवादी कम्युनिष्टहरुका लागि दशाको वर्ष रहन पुग्यो । साम्राज्यवाद र साम्राज्यवादी विश्व व्यवस्थालाई भरथेग गर्ने नयाँ नोकरका रुपमा रहेका संशोधनवादीहरुका हातबाट साम्राज्यवादी दक्षिणपन्थीहरुले शासनसत्ता खोसेर आफ्नो हातमा लिएका छन् । दक्षिण अमेरिकी देशहरुमा रहेको नवसंशोधनवादी कम्युनिष्टहरु अन्ततः चरम दक्षिणपन्थीहरुबाट नराम्ररी हराइएका छन् । नेपालमा भारतीय चरमदक्षिणपन्थी फासिवादी मोदीले अघि सारेको नयाँ नोकर नेकपाको बहुमतको सरकार अडिनु न ढल्नुको अवस्थामा रहेको छ । छोटो समयमै निकै बदनाम भएको यो सरकार माफिया, तस्कर, कमिसनखोर, भ्रष्टाचारी, कालाबजारी, भूमाफिया तथा बिचौलिया र दालहरुको केन्द्र बन्न पुगेको छ ।

ट) हिन्दमहासागरमा युद्धको खोजी

रणनीतिक तथा सामरिक महत्व राख्ने हिन्द महासागरमा यो वर्ष युद्धको अनुसन्धान गरिएको छ । त्यसका लागि केही प्राविधिक विजारोपण पनि गरिएको छ । अमेरिका र रुसलाई ब्यालेन्समा राखेर भारतले ठूला र मध्यम दूरीका अस्त्रहरु किनेको छ । चीनले पाकिस्तानमा यी अस्त्रहरुलाई टक्कर दिने गरी हतियार दिएको भनेर विश्लेषण पनि गरिन थालेको छ ।

भनिन्छ हिन्द महासागरभित्र जति पनि अमूल्य धातु र पेट्रोलियमको खानी छ, त्यसलाई कब्जा गर्न र उपयोग गर्नका लागि हिन्द महासागरमा युद्ध चल्ने छ । अर्को कुरा यो वाणिज्य व्यापारका लागि पनि सामरिक नाकामा रहेको छ ।

ठ) अफ्रिका कब्जा रणनीतिमा चीन अमेरिका

अमेरिकाले एशियामाथिको आफ्नो प्रभाव र कब्जामा कुनै पनि कमी नल्याएपछि चीनले अफ्रिकामा बिस्तार हुने आफ्नो रणनीतिलाई अघि सारेको छ । यो वर्ष अफ्रिकामा कसले कब्जा जमाउने भनेर लगानी तथा कुटनीतिक चालबाजीमा शक्ति राष्ट्रहरुको निकै प्रतिस्पर्धा भएको छ । अफ्रिकी जनशक्ति, खानी, पेट्रोलियम तथा बजारविस्तारका साथै अन्य संभावनताहरुलाई मध्यनजर गरेर शक्ति राष्ट्रहरु प्रतिस्पर्धामा उत्रिएका छन् । यसमा चीन, अमेरिका र युरोपका साथै भारत र जापान पनि प्रवेश गरेका छन् ।

ड) भोस्टोक सैन्य अभ्यास

यो वर्षको सेप्टेम्बर ११ देखि १५ तारेखसम्म जम्मा ५ दिनसम्म लगातार रुसको भोस्टोकमा ‘भोस्टोक सैन्य अभ्यास’ गरियो । अमेरिकामा ट्वीन टावर ढलेकै दिनबाट सुरु भएको यो अभ्यासले रुसविराधी तथा विशेष गरी अमेरिकी समर्थक केही नजानिदो तर गहिरो खालको सैन्य सन्देश दिन खोजेको देखियो । यसले महाद्वीपका हिसाबले एशिया र अमेरिकाको बीचमा बढिरहेको तनावलाई तन्काउन र थप आशंकित पार्ने काम पनि गर्यो ।

तथापि विश्वमा देखिएको बहुध्रुवीय प्रक्रियामा यो आफैले एक रणनीतिक महत्व पुष्टि गर्न सफल भयो । राजनीतिक, फौजी, प्राविधिक, क्षेत्रीय, महाद्विपीय आदि हिसावले यो अभूतपूर्व रहेको छ ।

यो अभ्यासमा रुस, चीन मंगोलिया सामेल भएका थिए । अमेरिकाले स्पेस फोर्स गठन गरी स्पेस वार लड्ने धम्की दिंदै गर्दा रुस, चीन र मंगोलियाले पृथ्वीमै लड्नका लागि यो सैन्य अभ्यास गरी आनौपचारिक धम्की दिएका थिए । यो सैन्य अभ्यासमा रुसका मात्र १० लाख सेना, जल, थल र बायु गरी तीन थरीका र चीनका ३ हजार २ सय सेना, ९०० विभिन्न आधुनिक हतियार र ३० लडाकु विमान सामेल भएकाथिए ।

 

रुसी सैंन्य अस्त्रहरुमा सबैभन्दा बढी चर्चामा आएका सुखोइ सु–३५ फाइटर जेट, सुखोइ सु–३४ फूलब्याक फाइटर बम्बर र अत्याधुनिक ट्यांक, ब्याटल ट्यांक तथा क्रुज मिसाइलको प्रयोग यो सैन्य अभ्यासका सबै भन्दा आकर्षक र खतरनाक अभ्यास थिए ।

ढ) पादरीका अक्षम्य यौनहिंसा

यो वर्ष रोमन क्याथोलिकहरुको धार्मिक पाखण्ड अक्षम्य रुपमा सतहमा देखा पर्यो । क्याथोलिक पादरीहरुले चर्चमा वालवालिकामाथि गर्ने गरेका यौन कुकृत्यका फेहरिस्त एकपछि अर्को गरी बाढी लागेर सार्वजनिक भए । यो मानव जातिकै सर्वाधिक लज्जाको विषय थियो । बेलबेलामा यौनहिंसा र बलात्कारका घटनाहरु चर्चामा आउने र त्यसलाई ढाकछोप गरिने भए पनि पाप धुरीबाट कुर्लन्छ भने झैं यो वर्ष पादरीका कुकृत्यहरु ढाक्नै र लुकाउनै नसकिने छताछुल्ल भए ।

यो कुकर्ममा ३ हजार पादरीहरुहरु मुछिएका छन् । यी पादरीहरुलाई सर्वोच्च धर्मगुरु पोप वेनेडिक्टले प्रहरीसमक्ष आत्मसमर्पण गरी पहिले मानवीय कानुनको सामना गर्न र त्यसपछि धार्मिक र स्वर्गीय कानुनको सामना गर्न तयार हुन ती दोषी पादरीहरुलाई निर्देशनसम्म गर्न पुगेका छन् ।

ण) ब्रेकजिटको नाटक

ईयुबाट बहिर्गनको एजेण्डा उठाएर बेलायती प्रधानमन्त्री टेरेजा मे निकै चर्चामा आइन्, यो वर्ष । तर यही एजेण्डाका कारण उनी अहिले विवादमा तानिएकी छिन् । ब्रेकजिटको प्रक्रिया लम्बिदै जाँदा राष्ट्रिय एजेण्डाका रुपमा रहेको ब्रेकजिट अब क्रमशः राजनीतिकरण हुँदै गएको छ । यही एजेण्डाका कारणले बेलायती संसदमा कञ्जरभेटिवको मत एकातिर र लेबोर पार्टीको मत अर्कातिर हुँदै गएको छ । बेलायती संसद अहिले विभाजित अवस्थामा पुगेको छ ।

हुँदाहुँदा त मेका ४० जनाभन्दा बढी सांसदले उनको साथ र समर्थन छाडि सकेका छन् । यो एजेण्डा संसदबाट पारित भई नियमअनुसार औपचारिक रुपमा युरोपियन युनियनको संसदमा जाने देखिदैन । त्यो प्रक्रिया रोकिए पछि बाध्य भएर मेले इयुमा नगइकनै ब्रेकजिटको घोषणा पो गर्ने हुन् कि भन्ने आशंकाले घर गरेको छ । ईयु यसबारेमा निकै सशंकित छ । किनकि ब्रेकजिट गर्दा वा बेलायत ईयुबाट छुट्टिंदा बेलायतले करोडौं डलर क्षतिपूर्तिवापत इयुलाई तिर्नु पर्ने हुन्छ । ईयु चाहन्छ यो सम्बन्धको विच्छेद औपचारिक रुपखमा आओस् ।

३. प्रविधि

क) स्टार वारको संभाव्यता खोजी

अमेरिकी राष्ट्रपति ट्रम्पका कुरामा सबैले विश्वास त गरिहाल्न नसक्लान्, तर उनले स्टारवारको तयारी भने गरिरहेका छन् । उनको कदमलाई पछ्याउँदै रुस तथा चीन र अन्य शक्ति राष्टहरुले पनि यो संभावनाको पिछा गरिहेको देखिन्छ । सुरुमा यसमा रोबोटको प्रयोग गरिने छ । लडाइँमा पहिले ती देशहरुका अन्तरीक्षमा राखिएका सेटेलाइटहरु पर्ने देखिएको छ । यदि स्टार वार भयो भने विश्व सबैभन्दा पहिले सञ्चारविहीन हुने छ । त्यसपछि अन्य समस्याहरु पनि देखिने छ ।

ख) ड्रोनकोे चमत्कार

यो वर्षमा आधुनिक रोबोटहरु निर्माण गरिएका छन् । ती रोबोटहरुको प्रयोग आगामी दिनमा अत्यधिक मात्रामा हुन जाने र ती सबैलाई ड्रोन हमलामा प्रयोग गरिने र मानव नरसंहार बढाउने चिन्ता विश्वमा बढ्दै गएको छ ।

ग) समुद्रमा प्लाष्टिकको बिगबिगी

यो वर्ष समुद्रमा मिसिएको मानव निर्मित फोहरले सामुद्री प्राणीमा ठूलो असर पारेको देखिएको छ । यही डिसेम्बर महिनामा थाइल्याण्डको समुद्री तटमा मृत ह्वेलहरु भेटिए । निकै दुर्लभ मानिने ह्वेलको प्रजातिहरु समुद्रको किनारामा आएर केवल स्वास लिन सकिने पानीको छालमा पूरै शरीर बाहिर राखेर निकै छटपटाउने र मर्ने गरिरहेका छन् । यो क्रम तीब्र छ । यसरी छटपटाएर मरेका अजंगका समुद्री प्राणीहरुको पोस्टमर्टमबाट उनीहरुको पेटमा दर्जनौ प्लाष्टिकका झोलाहरु भटिने गरेका छन् ।

थाइल्याण्डमा मरेको एउटा ठूलो ह्वेलको पेटमा यस्ता ब्ल्यांकेट र डसना बोक्ने ८० वटा ठूला प्लाष्टिका झोलाहरु भेटिएका थिए । हालैका दिनहरुमा अरु यस्तै ३०० सामुद्री प्राणीहरु थाइल्याण्डका सामुद्रिक तटहरुमा मरेको फेला परेका छन् । जसमा, पाइलट ह्वेल, समुद्री कछुवा, डल्फिन लगायतका संरक्षित जलप्राणीहरु रहेका छन् । विश्वभरका समुद्री तटहरुमा जलचर प्राणीहरुको मृत्यु निकै बढेर गएको छ ।

४. खेल जगत

क) खेल जगतको आधिपत्य

यो वर्ष खेल जगतले आफ्नो आधिपत्य विश्वमा कायम राखेरै छाड्यो । विश्वका शक्तिसम्पन्न देशहरुको हार र जीतको मनोवैज्ञानिक युद्धका रुपमा अभिव्यक्त हुने विश्व खेल जगत यो वर्ष पनि चर्चामा रह्यो । मुख्य गरी विश्व फुटबलमा नयाँ दृश्य देखा परेको छ । फुटबलको महासंग्रामको जित फ्रान्सको हातमा पर्यो । तर चर्चा भने कसैले नगनेको देश क्रोएसियाको भयो । बादशाहका रूपमा रहेका लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो यो वर्ष नयाँ प्रतिभाहरुको छायाँमा परे । क्रोएसियाका लुका मोड्रिक र फ्रान्सका एम्बाप्पे चर्चामा आए ।

५. जलवायु परिवर्तन

क) हिम जीवजन्तुको लोपमा तीव्रता

हिउँमा पाइने सिल माछा खाएर बाँच्ने ध्रुवीय सेतो भालु थोरै वर्षपछि फोटोमा मात्र सिमित हुने भएको छ । विश्व जलवायु परिवर्तनको प्रक्रियासँगै ध्रुवीय हिउँ अकल्पनीय रुपमा पग्लन थालेपछि सेतो भालु, पेन्गुइन र सिलमाछा लगायतका ध्रुवीय प्राणीहरु लोप हुँदै गएका छन् । आहाराको कमीका कारण सेतो भालु लगायतका ध्रुवीय प्राणीहरु खानाको खोजीमा भौतारिइरहेका छन् । वासस्थान रहेको हिंउँ पनि छैन । उनीहरुको लोपहुने प्रक्रिया तीब्रतामा छ ।

कतिपय ठाउँहरुमा त भालुले भालुलाई मारेर खाने गरिरहेका छन् । सोधकर्ता, अनुसन्धाकर्ता र वैज्ञानिकहरुमा खोजको क्रममा पछिल्लो चरणमा अझैं पनि खुल्न नसकेको रहस्य के हो भने हिउँमा भालुहरु बस्ने, खाने, सिकार गर्ने र आफूलाई आवश्यक पर्ने आहाराको प्रणाली र तरिका कस्तो थियो ? हालको संकटपूर्ण अवस्थामा त्यो सिस्टममा कस्तो बदलाव वा संकट आएको छ र उनीहरु के कारणले उक्त बदलिएको प्रणालीमा समाहित हुन सकिरहेका छैनन् । आफूलाई नयाँ प्रणालीअनुसार रुपान्तरण गर्न सकिरहेकका छैनन् ।

एउटा वयस्क हिम भालुलाई बाँच्नका लागि प्रतिदिन १२३२५ क्यालोरी आवश्यक हुन्छ । यसको अर्थ एक वयस्क हिम भालुलाई एउटा सिलमात्र १० दिनका लागि पर्याप्त हुन्छ ।

ख) सुनामी र ज्वालामुखीको वर्ष

जलवायु परिवर्तनका कारणले विश्वको तापमान बढ्दै गइरहेको र विश्व सन्तुलनको अवस्थामा गडबडी आउँदै गरेकाले समुद्री तटीय इलाका र देशहरुमा सुनामीको बहार आउने गरेको र विश्वमा जहाँ पनि डढेलो लागिरहेको विश्लेषण जलवायुविदहरुले गरेका छन् । विश्वमा पहिले फुटेका ज्वालामुखीहरु पनि फेरि निरन्तरतामा फुटिरहेका छन् भने नयाँनयाँ ठाउँहरुमा र समुद्रमा समेत ज्वालामुखी बिस्फोट भइरहेका छन् ।

गुआटेमालाको फायगो ज्वालामुखी र इण्डोनेशियाको समुद्रमा गएको क्राकाटोआ ज्वालामुखी यस वर्षका विनासकारी ज्वालामुखीहरुमा आउँछन् । यो सबै जलवायु परिवर्तनका हिसाबले भएको जलवायु विदको दाबी छ ।

६. संभावना

यो वर्ष विश्व र मानव जगतका लागि तत्काल निकै ठूलाठूला अशुभ घटना नघटे पनि संभावित डरलाग्दा घटनाका विजारोपण भएका छन् । यी डरलाग्दा घटनाहहरुसँगै विश्व वर्गसंघर्षले पनि टाउको उठाउने संकेतहरु देखा परेका छन् । यो व्यवस्थाको विफलता र अस्तव्यस्तता नै समाजवादी व्यवस्थाको उदयको संकेत पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर